गान्तोक, 16 मार्च। भाजपा सिक्किमका अध्यक्ष डीआर थापाको निर्देशनमा आज तुमिन लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत तिन्तेकमा आयुष्मान भारत कार्ड निर्माण र वितरण शिविर आयोजना गरियो। शिविरमा गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा, प्रवक्ता पासाङ ग्याली शेर्पा, जिल्ला महासचिव पीके न्योपाने, मण्डल अध्यक्ष प्रेम छेत्री, आईटी कार्यकारी केशव शर्मा र समीर बस्नेत आदि उपस्थित थिए।
अभियानको क्रममा तिन्तेक, राक्से, राक्दोङ र खेसेका ज्येष्ठ नागरिक र एएवाई श्रेणी अन्तर्गत योग्य लाभार्थीहरूलाई मोदी सरकारको पीएमजेएवाई अन्तर्गत 5 लाख बराबरको आयुष्मान भारत कार्ड निःशुल्क उपचार प्रदान गरिएको प्रदेश भाजपा मिडिया प्रभारी निरेन भण्डारीले विज्ञप्तिमा बताएका छन्।
लाभार्थीहरूले सिक्किमका जनतालाई घरदैलोमा लाभ प्रदान गरेकोमा भाजपा सिक्किम टोली र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कृतज्ञता व्यक्त गरेको बताइएको छ।

Leave a comment