गान्तोक, 21 फरवरी। सिक्किममा साइबर स्क्यामको मामिला दिनप्रतिदिन बढ्दै गइरहेको छ। साइबर ठगहरूले नयॉं-नयॉं उपाय अपनाउॅंदै मानिसहरूलाई आफ्नो जालमा फसाउने गरेको देखिएको छ। यस क्रममा शुक्रवार गान्तोक जिल्लामा दुईवटा साइबर स्क्यामको मामिला सीआईडी पुलिसमा दर्ता गरिएको छ।
पहिलो घटनामा, एक युवतीले नोकरीको विज्ञापन देखेपछि व्हाट्सएप नम्बरमा सम्पर्क गरेर नोकरीको लागि आवेदन गरिन्। उनलाई पञ्जीकरण शुल्कको रूपमा पॉंच हजार रूपियॉं भुक्तान गर्न लगाइयो। युवतीले पैसा भुक्तान गरेपछि स्क्यामरहरूले उनलाई ब्लक गरिदिए। यसपछि, उनले आफु ठगिएको थाहा पाइन्।
दोस्रो घटनामा, एक युवकले अनलाइन शपिङ गर्दै एक जोडी जुत्ता अर्डर गरेका थिए। उनले गुगल पेको माध्यमद्वारा जुत्ताको निर्धारित मूल्य 18 हजार 878 भुक्तान गरे। अर्डर गरेको महिना दिन बितेर जॉंदा पनि उनको जुत्ता आइपुगेन। कस्टमर केयरले पनि कुनै प्रतिक्रिया दिएन। यसपछि, युवकले आफु साइबर स्क्यामको चपेटमा परेको महसुस गरे।
Leave a comment


