
गान्तोक, 09 अगस्त। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राजधानी भव्य तिरंगा र्याली निकालेको छ। देशव्यापी रूपमा सञ्चालन भइरहेको ‘हर घर तिरंगा’ अभियानअन्तर्गत आइतबार गान्तोकमा तिरंगा र्याली आयोजना गरिएको हो।भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित र्याली राजधानीको स्टार मलनजिकबाट शुरु भयो, जुन एमजी मार्ग, टाइटानिक पार्क तथा हस्पिटल डाँडा हुँदै मानन केन्द्र पुगेर सम्पन्न भएको थियो। र्यालीमा विद्यार्थी, सर्वसाधारण, भाजपाका सदस्यहरू तथा अन्य सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर सहभागिता जनाउँदै देशभक्ति तथा राष्ट्रिय एकताको भावना प्रदर्शन गरेका थिए।र्यालीको उद्देश्यबारे बोल्दै भाजपा सिक्किम अध्यक्ष डीआर थापाले राष्ट्रिय एकता, देशभक्तिको भावना तथा राष्ट्रिय झण्डाप्रतिको सम्मान प्रवर्द्धन गर्न ‘हर घर तिरंगा’ अभियानअन्तर्गत उक्त र्याली आयोजना गरिएको बताए।


