By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
Latest NewsPoliticsSikkim

संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई

Suk Raj Aaron Rai
Last updated: September 22, 2026 2:37 pm
Suk Raj Aaron Rai Published September 22, 2026
Share
SHARE

गान्तोक, २२ सेप्टेम्बर। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको गेजिङ जिल्ला-स्तरीय संगठनात्मक समन्वय सभा आज पार्टी अध्यक्ष गणेश राईको प्रमुख उपस्थितिमा सम्पन्न भयो। सभामा पार्टी उपाध्यक्ष सुमति छेत्री, राज्यस्तरीय नेताहरू, जिल्ला अध्यक्ष ओङ्दिला भोटिया, केन्द्रिय कार्यकारिणी सदस्यहरू तथा चारवटै विधानसभा क्षेत्रका अध्यक्ष, समन्वयक र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सीएपीद्वारा जारी विज्ञप्तिका अनुसार, छलफलका क्रममा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्माण भइरहेको संगठनात्मक संरचना, हालसम्मका उपलब्धि, विस्तारका क्रममा देखिएका समस्या तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरियो। चारवटै क्षेत्रका अध्यक्षहरूले आ-आफ्नो क्षेत्रको संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। अघिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै कार्यकर्ताहरूले ‘शून्य समय’ मा आफ्ना सुझाउ, समस्या र धारणा राखे।
सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश राईले सिक्किममा लामो समयदेखि विकसित भएको संस्थागत भ्रष्टाचारको संस्कृतिले राज्यका लोकतान्त्रिक, प्रशासनिक तथा सामाजिक संस्थाहरूलाई कमजोर बनाएको बताए। उनले भ्रष्टाचार, अव्यवस्था, अनियमितता, अन्याय, बेरोजगारी तथा गरिबीजस्ता समस्यालाई सामान्य राजनीतिक विषयका रूपमा मात्र नहेरी राज्यको समग्र भविष्यसँग जोडेर हेर्नुपर्ने बताए।
उनले यस्ता प्रवृत्तिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको र अहिले विभिन्न प्रकारका राजनीतिक खतरा तथा चुनौतीहरू उत्पन्न हुँदै राज्यको अस्तित्व र भविष्यसमेत जोखिममा पर्न सक्ने अवस्था देखिएको बताए। उनले सिक्किमको पहिचान, अधिकार, लोकतान्त्रिक संस्थाहरू र भावी पुस्ताको भविष्यको रक्षा गर्न नागरिकहरू सचेत, जिम्मेवार र संगठित हुनुपर्नेमा जोड दिए।
अध्यक्ष राईले २०२९ लाई सिक्किम र सिक्किमे जनताको भविष्यका लागि महत्वपूर्ण राजनीतिक वर्षका रूपमा लिँदै संगठनलाई अझ सक्रिय, जागृत र सुदृढ बनाएर “सिक्किम सुधारको महाअभियान” लाई सफल बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे। उनले भने, “अब सिक्किमे नागरिक मौन दर्शक भएर बस्ने समय होइन। आफ्नो राज्यको भविष्यप्रति सचेत हुँदै लोकतान्त्रिक र संगठित रूपमा अघि बढ्ने समय आएको छ।”

मुन्शिथाङ वाहन दुर्घटनामा खोज एवं उद्धार कार्य स्थगित, शनिवार बिहानदेखि फेरि शुरू गरिने

एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद

एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

BRO undertakes road repair works in Sikkim on war footing

प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationLatest NewsSikkim

सरकारी विद्यालय प्रमुखहरूका लागि इन्डक्सन कार्यक्रम सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 31, 2026
Among ‘The Most Admired Homestays in India’
महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा
मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे
सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?