By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सिक्किमको विकासमा नेवार समुदायले पुर्‍याएको योगदान उल्लेखनीय: मुख्यमन्त्री
    September 25, 2026
    रिम्बीको पैह्रोप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन
    September 25, 2026
    अविरल वर्षापछि पश्चिम सिक्किमको रिम्बी गाउँमा ठूलो पैह्रो, धेरै परिवार विस्थापित
    September 25, 2026
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
  • Politics
    PoliticsShow More
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम नेवा गुठीका ११० जनाले प्रस्तुत गरे सामूहिक धिमे नृत्य, रच्यो नयाँ कीर्तिमान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > सिक्किम नेवा गुठीका ११० जनाले प्रस्तुत गरे सामूहिक धिमे नृत्य, रच्यो नयाँ कीर्तिमान
CultureNortheastSikkim

सिक्किम नेवा गुठीका ११० जनाले प्रस्तुत गरे सामूहिक धिमे नृत्य, रच्यो नयाँ कीर्तिमान

Suk Raj Aaron Rai
Last updated: September 25, 2026 5:12 am
Suk Raj Aaron Rai Published September 25, 2026
Share
SHARE

गान्तोक, सेप्टेम्बर 2026। सिक्किम नेवा गुठीका ११० जना सहभागीले प्रस्तुत गरेको सामूहिक धिमे नृत्यले इन्डिया बुक अफ रेकर्ड्समा मान्यता प्राप्त गर्दै राज्यस्तरीय इन्द्रजात्रा समारोहको दोस्रो दिनलाई विशेष बनाएको छ। चेतन प्रधान तथा उनको समूहको नेतृत्वमा प्रस्तुत गरिएको नेवार समुदायको परम्परागत धिमे नृत्यलाई इन्डिया बुक अफ रेकर्ड्समा मान्यता दिइएको हो।
तीनदिने राज्यस्तरीय इन्द्रजात्रा समारोहको दोस्रो दिन आज गान्तोकस्थित एमजी मार्गमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाइयो। कार्यक्रममा नेवार समुदायको समृद्ध कला, संस्कृति तथा परम्परालाई विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत प्रदर्शन गरिएको थियो।
सामूहिक धिमे नृत्य प्रस्तुतिलाई मान्यता दिने प्रक्रियाअन्तर्गत सीआईआई सिक्किमका अध्यक्ष तथा माउन्ट जायन एजुकेसनल ट्रस्टका संस्थापक सोनी विर्धीले उक्त प्रस्तुतिको औपचारिक रूपमा अवलोकन तथा प्रमाणीकरण गरेका थिए।
कार्यक्रममा गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटिया मुख्य अतिथिका रूपमा उपस्थित थिइन्। समारोहलाई सम्बोधन गर्दै मेयर भोटियाले सामूहिक धिमे नृत्य प्रस्तुतिले इन्डिया बुक अफ रेकर्ड्समा मान्यता प्राप्त गरेकोमा आयोजक तथा सहभागीहरूलाई बधाई दिइन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङको एकताबद्ध र प्रगतिशील सिक्किमको परिकल्पनाको उल्लेख गर्दै उनले एकता र भाइचारा प्रवर्द्धन गर्दै सबै समुदायको सांस्कृतिक सम्पदा संरक्षण गर्नु महत्त्वपूर्ण रहेको बताइन्। यस्ता पहलले सांस्कृतिक चेतना सुदृढ गर्नुका साथै युवा पुस्तालाई आफ्नो परम्परासँग जोडिइरहन प्रोत्साहित गर्ने उनले बताइन्।
दोस्रो दिनको कार्यक्रम रानीपुलदेखि सिच्छेसम्म मोटरसाइकल र्‍यालीबाट शुरु भएको थियो। र्‍याली गान्तोकका विभिन्न क्षेत्र हुँदै बारपिपलस्थित सिक्किम नेवा गुठी भवनमा पुगेर समापन भयो। साँझ सिक्किम नेवा लोक ब्यान्डको सांगीतिक कार्यक्रमले समारोहको उत्सवमय वातावरणलाई थप आकर्षक बनाएको थियो।
यस अवसरमा गान्तोक नगर निगमकी उपमेयर सारा लामा, एमजी मार्गका पार्षद सन्दीप मालु, सिक्किम नेवा गुठीका प्रतिनिधि तथा सदस्यहरूका साथै अन्य विशिष्ट व्यक्ति र समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे

हि-गेथाङ उच्चतर माध्यमिक विद्यालयमा 10औं राष्ट्रिय आयुर्वेद दिवस पालन

मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे

Cooperation Department Launches International Year of Cooperatives-2025

न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureNortheastSA Nepali

मेजर दुर्गा मल्लाको जीवनमाथि आधारित नाटक ‘बलिदान’ 25 सेप्टेम्बरमा मञ्चन गरिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 10, 2025
सिक्किमकी शोभा राईले सूर्य स्पीति च्यालेन्जमा तेस्रो स्थान हासिल गरिन्
हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेको राज्य राहत आयुक्तको भनाई
परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित
बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?