By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान
Art & LiteratureSikkim

पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान

SA Desk
Last updated: October 23, 2024 4:06 pm
SA Desk Published October 23, 2024
Share
SHARE

काठमाडौँ, २२ अक्टोबर २०२४: सिक्किमका पूर्व मुख्यमन्त्री एवम् सिक्किम डेमोक्रेटिक फ्रन्टका अध्यक्ष पवन चामलिङलाई नेपालकै प्रतिष्ठित खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०८० को ‘पद्मश्री साधना सम्मान’ प्रदान गरेको छ। साहित्य, संस्कृति, र समाज सेवामा पाँच दशक लामो योगदानका लागि चामलिङलाई यो सम्मानले विभूषित गरिएको बताइएको छ ।

काठमाण्डौमा आयोजित एक विशेष समारोह बीच चामलिङलाई प्रशंसा पत्र, पुष्पहार र नगद रु. ३ लाख सहित सम्मानित गरिएको थियो। उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार र बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

वरिष्ठ लेखक तथा समालोचक प्रा. कृष्ण गौतमलाई उपन्यास अद्वैत का लागि ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गरियो भने वरिष्ठ राजनयिक डा. केदारभक्त माथेमालाई ‘पद्मश्री गौरव पुरस्कार’ प्रदान गरिएको थियो। खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष साहित्य, संस्कृति र समाज सेवामा योगदान पुर्‍याउने श्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।

सम्मान ग्रहण गर्दै पवन चामलिङले उक्त पुरस्कारले आफूलाई गौरवान्वित बनाएको बताउँदै प्रतिष्ठानप्रति आभार व्यक्त गरे। उनले आफ्नो जीवनभर सिक्किमेली जनता, नेपाली भाषा, साहित्य, कला, र संस्कृतिको सेवामा समर्पित रहेको उल्लेख गर्दै यस सम्मानले आफ्नो समय सही ठाउँमा खर्च गरेको महसुस गराएको बताए।

चामलिङले नेपालीभाषीहरूका लागि नेपाल, विशेषगरी काठमाडौँ, साहित्य, कला, र संस्कृतिको तीर्थस्थान भएको बताए। साथै, प्रजातान्त्रिक व्यवस्थालाई सफल बनाउन जनताले सचेत भएर सही नेतृत्वको छनोट गर्नुपर्ने कुरामा जोड दिए।

समारोहमा उनले नेपालले विश्वभरिका नेपालीहरूको भाषा, साहित्य, र संस्कृतिको संरक्षणमा नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको मन्तव्य गरे। खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानजस्ता संस्थाहरूले यस जिम्मेवारीलाई ग्रहण गर्नु सक्ने धारणा व्यक्त गरे।

You Might Also Like

मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए

Indian Army leads search and rescue operations in North Sikkim

प्रतिबन्धित नशालु पदार्थसहित ओएफओजे कर्मचारी पक्राउ

CM chairs preparatory meeting for Aama Samman Diwas to be held on August 10

CAP Sikkim demands brake on misuse of Govt vehicles

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

सिक्किममा पञ्जीकृत श्रमिकहरूलाई मात्र काम गर्न अनुमति: श्रम सचिव

SA Desk SA Desk February 10, 2025
मुख्यमन्त्रीले तारापीठमा सिक्किमवासीहरूको लागि पूजा-प्रार्थना गरे
सांसद सुब्बाले केन्द्रिय आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहूसँग भेट गरे
मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए
Sikkim Runs to Honour Soldiers’ Valour and Sacrifice
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?