गान्तोक, 08 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले दिल्ली विधानसभा चुनाउ 2025 मा भारतीय जनता पार्टीको उत्कृष्ट विजयको लागि प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह र केन्द्रिय स्वास्थ्यमन्त्री तथा भाजपा अध्यक्ष जेपी नड्डालाई हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रीले भाजपाको यो विजय जनताको दूरदर्शी नेतृत्व र परिवर्तनकारी शासनमा अटल विश्वासको प्रमाण रहेको बताएका छन्।
मुख्यमन्त्रीले आज सोशियल साइट फेसबुकमा प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा हाम्रो राष्ट्रले विकासको हरेक क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै अभूतपूर्व प्रगतिको युगमा प्रवेश गरेको बताएका छन्। सशक्त र समृद्ध भारत निर्माण गर्ने प्रधानमन्त्रीको समर्पणले लाखौंलाई प्रेरणा दिइरहेको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले यस विजयमा योगदान पुऱ्याउने सबै कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूको समर्पण र कडा परिश्रमको पनि सराहना गरेका छन्।

Leave a comment