By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Lok Sabha MP Chairs Entry Point Level Meeting under SAGY at Phensong GPU
    May 7, 2025
    Latest News
    प्रो लामाको ‘चौथो मार्ग’ प्रस्तावबारे सीएपीले बिहिबार ‘पिपल्स र्‍याली’ आयोजना गर्ने
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    प्रथम राज्यपाल आर्चरी स्वर्ण कप २०२६ सम्पन्न, ग्रीन तारा च्याम्पियन
    September 29, 2026
    रिम्बीका लागि टीएनए पूर्वविद्यार्थी संघद्वारा २,२२,२२२ रुपियाँ सहयोग
    September 29, 2026
  • Politics
    PoliticsShow More
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 5 अक्टोबरदेखि 42औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता 2026 शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > 5 अक्टोबरदेखि 42औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता 2026 शुरू
NationalSikkimSports

5 अक्टोबरदेखि 42औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता 2026 शुरू

Suk Raj Aaron Rai
Last updated: September 30, 2026 2:17 pm
Suk Raj Aaron Rai Published September 30, 2026
Share
SHARE

गान्तोक, 30 सेप्टेम्बर। अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिताको 42औं संस्करण आगामी 5 अक्टोबरदेखि राजधानीको पाल्जोर स्टेडियममा शुरू भइरहेको छ। 16 अक्टोबर, 2026 सम्म खेलाइने यस प्रतिष्ठित फुटबल प्रतियोगितामा कुल 14 फुटबल क्लबहरूले भाग लिइरहेका छन्। उक्त जानकारी आयोजक सिक्किम फुटबल संघ (एसएफए) का पदाधिकारीहरूले आज यहॉंको फुटबल हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
एसएफए अध्यक्ष मेन्ला इथेन्पाले जानकारी गराएअनुसार, 42औं अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता 2026 आगामी 5 अक्टोबरदेखि शुरू हुनेछ। पहिलो दिन कुल दुईवटा खेल खेलाइने छ। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्। 5 अक्टोबर सिक्किमका पूर्व मुख्यमन्त्री नर बहादुर भण्डारीको जयन्ती पनि रहेकाले फुटबल प्रतियोगिताको शुभारम्भ स्वर्गीय भण्डारीलाई श्रद्धाञ्जलि अर्पण गरेर गरिने छ।
उनले यस पटक सिक्किमका चार स्थानीय फुटबल क्लबलगायत राज्य बाहिरका 10 फुटबल क्लबहरूले प्रतियोगितामा भाग लिइरहेको जानकारी गराए। एसएफए अध्यक्षका अनुसार, इस्ट बङ्गाल एफसी, शिलङ लाजोङ एफसी नर्थइस्ट युनाइटेड, सुभेदा दिल्ली एफसी, गोकुलम एफसी, एफसी बनारस, ओडिशा एकादश, गढवाल हिरोज, ओएल एफटी असम र जीटीए एकादशले भाग लिइरहेका छन्। उनले हाल एसएफए ए डिभिजन फुटबल प्रतियोगिता चलिरहेकाले भोलि (बिहिवार) सॉंझसम्म सिक्किमका चार फुटबल क्लबहरूको नाम स्पष्ट हुने बताए। साथै, भोलि सॉंझसम्म प्रतियोगिताको फिक्स्चर पनि जारी गरिने छ।
उनले पहिलो र दोस्रो दिन दुई-दुईवटा खेल खेलाइने छ भने 7 अक्टोबरदेखि दैनिक एउटा खेल खेलाइने पनि जानकारी गराए। यसैगरी, 10 अक्टोबरको खेल सॉंझ फ्लड लाइटमा खेलाइने पनि उनले बताए।
उल्लेखनीय छ, यस पटक राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगितामा नेपालका एउटै पनि फुटबल क्लबले सामेल छैनन्। फिफाले अल नेपाल फुटबल एसोसिएशनमाथि प्रतिबन्ध लगाएकाले नेपालका फुटबल क्लबहरू सहभागी बन्न नसकेको अध्यक्ष इथेन्पाले स्पष्ट पारे। नेपालले राज्यपाल स्वर्ण कपमा भाग लिन नपाउनु एसएफएका लागि पनि ठूलो दुर्भाग्यको कुरा रहेको उनले बताए। यद्यपि, देशका उत्कृष्ट फुटबल क्लबहरूले भाग लिइरहेकाले फुटबल प्रेमी दर्शकहरू निराश बन्नु नपर्ने उनले विश्वास दिलाए।
यस अतिरिक्त, अध्यक्षले गान्तोकमा खेलमैदानको अभावका कारण फुटबल खेल प्रभावित बनिरहेको उल्लेख गर्दै सरकार समक्ष खेलमैदानको अभावलाई सम्बो​धित गरिदिन अनुरोध पनि गरे।
एसएफए महासचिव फुर्बा शेर्पाले राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता आयोजना गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङको ठूलो समर्थन रहेको बताए। उनले एसएफएको तर्फबाट मुख्यमन्त्रीप्रति आभार प्रकट गरे।

एसकेएम खेलकुद शाखाले ‘राष्ट्रिय खेलकुद दिवस’ भव्यरूपमा पालन गर्ने

याङगाङका मेजर विकास राईलाई ‘सेना मेडल’

सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने

मङ्गर समाज नाम्ची जिल्लाद्वारा किच्चुडुम्रा जैवविविधता उद्यानमा बाराहिमिजोङ पर्व मनाइयो

सरकार समग्र विकास र कल्याणको लागि बुनियादी पूर्वाधारहरूलाई सुदृढ़ पार्न प्रतिबद्ध: मुख्यमन्त्री

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentOpinionSikkim

CS Reviews Preparations for International Tourism Mart 2025

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 17, 2025
SIBLAC demands White Paper on State’s fiscal health, decisive action on protection Art 371F
Girl Achievers honoured in Pakyong District under BBBP initiative
June 15, 2025
संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?