गान्तोक, 09 फरवरी । परमपावन 14औं दलाई लामाका ठूलो दाजु ग्यालो थोन्डुपको निधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दुःख व्यक्त गरेका छन्। स्व. थोन्डुपले समुदाय र सीमान्तकृतहरूको कल्याणमा ठूलो योगदान पुऱ्याएको बताउॅंदै उनको अटूट समर्पण र दयालु प्रयासलाई सधैं सम्मानका साथ स्मरण गरिनेछ भनी बताएका छन्।
मुख्यमन्त्रीले शोकाकुल परिवार र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको प्रार्थना गरेका छन्।
Leave a comment


