पाकिम, 28 फरवरी। केन्द्रिय नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री मुरलीधर मोहोल आज सिक्किम आइपुगेका छन्। उनी आज दिउॅंसो बागडुग्रा हवाई अड्डामा अवतरण गरेपछि अबेर सॉंझ सिक्किम आइपुगे।
रम्फूमा केन्द्रिय राज्यमन्त्रीलाई सिकनका अध्यक्ष डा. मंगलजित राई लगायत अन्य पदाधिकारीहरू, राज्य गृह विभागका अधिकारीहरू र भाजपा सिक्किमका पदाधिकारीहरूले स्वागत जनाए।
सिक्किममा केन्द्रिय राज्य मन्त्रीले राज्य सहकारी संघसॅंग बैठक गर्नेछन् र आफ्ना विभिन्न प्रतिबद्धताहरूका लागि पाकिम जिल्लाको भ्रमण गर्नेछन्। यस अतिरिक्त, उनी शनिवार भाजपा सिक्किमको आर्थिक प्रकोष्ठले राजधानीमा आयोजना गरिरहेको केन्द्रिय बजेट 2025-26 माथि अन्तरक्रिया सत्रमा पनि सहभागी बन्नेछन्।
केन्द्रिय राज्यमन्त्रीको साथमा उनका अतिरिक्त निजी सचिव वृषाल येलेगांवकर र अतिरिक्त निजी सचिव विनोद सातव पनि आएका छन्।