By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक आयोजित
InsiderOpinionSA Nepali

विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक आयोजित

Aaron Rai
Last updated: May 9, 2025 5:41 pm
Aaron Rai Published May 9, 2025
Share
SHARE

गान्तोक, 09 मई। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज राजधानीको सम्मान भवनमा विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै र कुनै पनि सम्भावित संकटको लागि राज्यको तयारीको मूल्याङ्कन गर्न एक उच्चस्तरीय बैठक आयोजन गरियो।
बैठकमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, क्याबिनेट सचिव वीबी पाठक, मुख्य सचिव आर. तेलाङ, पुलिस महानिदेशक अक्षय सचदेव लगायत विभिन्न विभागका प्रमुखहरू, स्वास्थ्य, उर्जा, खाद्य एवं नागरिक आपूर्ति विभाग, सडक एवं पुल विभाग, भू राजस्व विभाग र सिक्किम पुलिसका अधिकारीहरू तथा राज्यका सबै छह जिल्लाका जिल्लापालहरू र पुलिस अधीक्षकहरू उपस्थित थिए।
बैठक आयोजन गर्नुको मुख्य उद्देश्य विभागहरूको तयारीको समीक्षा गर्नु र कुनै पनि आपतकालीन परिस्थितिको लागि समन्वित प्रतिक्रिया संयन्त्र सुनिश्चित गर्नु रहेको थियो। बैठकमा छलफलको क्रममा मुख्यमन्त्रीले राज्यका छहवटा जिल्लाका जिल्लापाल र पुलिस अधीक्षकहरूको महत्वमाथि प्रकाश पार्दै सक्रिय उपायहरू र अन्तर-विभागीय समन्वयको महत्त्वमा जोड दिए। बैठकमा व्यापक छलफलपछि उनले सम्बन्धित विभागहरूलाई विशेष निर्देशनहरू पनि दिएका छन्।
मुख्यमन्त्रीले विद्युत विभागलाई नियमित आपतकालीन अभ्यासहरू सञ्चालन गर्न र विशेष गरी ब्ल्याकआउट परिदृश्यहरूमा केन्द्रित भएर संवेदनशीलता कार्यक्रमहरू आयोजना गर्न निर्देशन दिएका छन्। उनले विभागलाई द्रुत प्रतिक्रिया प्रणालीहरूको स्थापना सुनिश्चित गर्न निर्देश दिॅंदै ब्ल्याकआउटको समयमा कसरी प्रतिक्रिया दिने भन्ने बारे जनचेतना जगाउन निर्देश दिए।
यसैगरी, मुख्यमन्त्रीले सडक एवं पुल विभागलाई सबै प्रमुख सडकहरू राम्रोसँग मर्मत गरिएको सुनिश्चित गर्न निर्देश दिएका छन्। यसमा आवश्यक सेवाहरू, आपातकालीन प्रतिक्रिया र रक्षा रसदको आवागमनको निम्ति महत्वपूर्ण मार्गहरूको रखरखाउमाथि जोर दिइएको छ।
स्वास्थ्य विभागलाई उच्च सतर्कतामा राखिएको छ। सबै सरकारी अस्पतालहरू पूर्ण रूपमा तयार रहनुपर्ने निर्देश दिॅंदै मुख्यमन्त्रीले यस अवधिमा प्रसूति बिदा बाहेक आवश्यक सेवा अन्तर्गतका कुनै पनि चिकित्सा कर्मचारीले बिदा लिन नपाउने बताएका छन्। अस्पतालहरूले कुनै पनि स्वास्थ्य आपतकालिन अवस्थालाई सम्हाल्न चिकित्सा आपूर्तिको उपलब्धता, पर्याप्त कर्मचारी, एम्बुलेन्स तयारी र आकस्मिक योजना सुनिश्चित गर्नुपर्ने पनि उनले निर्देश दिएका छन्।
मुख्यमन्त्रीले खाद्य एवं नागरिक आपूर्ति विभागलाई राशन, डिजल, पेट्रोलियम र अन्य आवश्यक वस्तुहरूको पर्याप्त स्टक सुनिश्चित गर्न निर्देश दिएका छन्।
उनले सिक्किम पुलिसलाई विशेष गरी सीमा चेकपोस्टहरूमा सतर्कता बढाउन निर्देशन दिए। उनले कानून प्रवर्तन एजेन्सीहरूलाई आईआरबी र एसएपी जवानहरूसँग समन्वय गरेर नियमित रूपमा मक ड्रिल अभ्यास र फ्ल्याग मार्च गर्न निर्देश दिए। यसको लक्ष्य कानून व्यवस्था कायम राख्नु र राज्यको शान्ति, स्थिरता र राष्ट्रिय सुरक्षामा बाधा पुर्‍याउने कुनै पनि गैरकानूनी गतिविधिलाई रोक्नु रहेको उनले बैठकमा बताए।
यसैगरी, मुख्यमन्त्रीले भू राजस्व विभागलाई सबै जिल्ला र राज्यका मुख्य शहरहरूमा साइरन र सार्वजनिक चेताउनी प्रणालीहरू जडान गर्न निर्देश दिएका छन्। यस अतिरिक्त, उनले विभागलाई राज्यभर रणनीतिक रूपमा तैनाथ गरिएका प्रशिक्षित आपदा प्रबन्धन पर्यवेक्षक र संयोजकहरूलाई परिचालन गर्न निर्देशन दिए। उनले कुनै पनि आपतकालीन अवस्थामा प्रतिक्रिया र समन्वय प्रयासहरूलाई सहयोग गर्न यी कर्मचारीहरूलाई तुरुन्तै तैनाथ गरिने बताए।
मुख्यमन्त्री तामाङले बैठकलाई सम्बोधन गर्दै राज्यका जनतालाई सिक्किम सरकारले राष्ट्रको सुरक्षा र सार्वभौमिकतालाई कायम राख्न सबै आवश्यक र सक्रिय कदमहरू चालिरहेको दृढतापूर्वक आश्वस्त गरे। उनले सिक्किमको रणनीतिक महत्त्व र अन्तरराष्ट्रिय सीमाहरूको निकटतालाई ध्यानमा राख्दै यी प्रयासहरू राज्यको शान्ति, अखण्डता र क्षेत्रीय पवित्रताको रक्षा गर्ने बृहत रणनीतिको अंश रहेको उल्लेख गरे।
मुख्यमन्त्रीले राज्यवासीहरूको सुरक्षा सुनिश्चित गर्नु र राष्ट्रिय तयारीमा योगदान पुर्‍याउनु हाम्रो प्रमुख कर्तव्य रहेको बताएका छन्। उनले सबै नागरिकहरूलाई शान्त, सतर्क र जिम्मेवार रहन आग्रह गरेको छन्। उनले प्रशासन र सुरक्षा बलहरूलाई पूर्ण सहयोग गर्न र सामाजिक सञ्जालमा अनावश्यक चिन्ता सिर्जना नर्ग सक्ने अप्रमाणित सामग्री नफैलाउन वा भर नपर्न पनि आह्वान गरेका छन्।
मुख्यमन्त्रीले राष्ट्रिय सुरक्षा हाम्रो प्राथमिकता हो भन्दै राज्य सरकार आफ्ना जनताको कल्याणको रक्षा गर्न र सार्वजनिक व्यवस्था कायम राख्न सधैं प्रतिबद्ध रहेको बताएका छन्।

पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे

एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए

कनेक्ट टु सीएम अन्तर्गत मुख्यमन्त्री जन संवाद कार्यक्रम सम्पन्न

Training on Digital Census 2027 begins at DAC Gangtok

बीआरओको अथक प्रयासपछि उत्तर सिक्किममा फसेका पर्यटकहरूको सुरक्षित निकासीको बाटो खुल्यो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticianSA NepaliSikkim

एसकेएम पार्टीको 17औं स्थापना दिवस सामान्य रूपमा मनाइयो

Aaron Rai Aaron Rai December 21, 2025
एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग
नाम्ची पुलिसद्वारा क्षेत्रमा मासु पसलहरूको निरीक्षण
पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू
साहसिक पर्यटनको क्षेत्रमा जङ्गुले फड्को मार्दै, नामप्रिकदाङमा पहिलो ‘रिभर राफ्टिङ गन्तव्य’ को उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?