गान्तोक, 19 मई। तिमी पुलिस थाना क्षेत्र अन्तर्गत बेन नामप्रिक जीपीयूबाट एक व्यक्तिलाई संदिग्ध ब्राउन शुगरको साथमा पक्राउ गरिएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, विश्वासनीय सूत्रहरूले 37 वर्षीय आरोपी व्यक्ति प्रतिबन्धित नशालु पदार्थको बेचबिखनमा संलग्न रहेको सूचना प्राप्त भएको थियो। सूचनाको आधारमा पुलिस टीम आरोपीको घरमा पुग्यो र कानून बमोजिम घर र व्यक्तिको छानबिन गऱ्यो। यस क्रममा 7.89 ग्राम संदिग्ध ब्राउन शुगर बरामद गरियो।
पुलिसले आरोपी व्यक्ति विरुद्ध एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरेर कानूनी कारबाही अगाडि बढाएको छ।
Leave a comment