By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पत्रकार पुरण तामाङ ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Journalism > पत्रकार पुरण तामाङ ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित
JournalismSikkim

पत्रकार पुरण तामाङ ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित

Suk Raj Aaron Rai
Last updated: May 24, 2025 4:16 pm
Suk Raj Aaron Rai Published May 24, 2025
Share
SHARE


गान्तोक, 24 मई। सिक्किमको एक प्रतिष्ठित अङ्ग्रेजी दैनिक समाचार पत्र ‘समिट टाइम्स’ का सम्पादक पुरण तामाङलाई ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित गरिएको छ। देवरालीको स्थानीय एक होटलमा आज आयोजित राम पात्रो स्मारक पुरस्कार समारोहमा पत्रकार तामाङलाई उक्त पुरस्कारले सम्मानित गरियो।
सिक्किमको सबैभन्दा पुरानो अङ्ग्रेजी दैनिक समाचार पत्र सिक्किम एक्सप्रेसद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको बाहुलीद्वारा पत्रकार तामाङलाई अंगवस्त्र, स्मृतिचिन्ह, अभिनन्दन पत्र र नगद राशि अर्पण गरियो। पत्रकार तामाङले सिक्किमेली पत्रकारिताको क्षेत्रमा पुऱ्याएको उल्लेखनीय योगदानको निम्ति उनलाई उक्त प्रतिष्ठित पुरस्कारले सम्मानित गरिएको हो।
यसैगरी, पत्रकार कुशहाङ लीवाङलाई सिक्किम एक्सप्रेस र हिमाली बेलामा ‘बेस्ट वर्किङ जर्नलिस्ट अवार्ड 2024–25’ ले सम्मानित गरियो। पत्रकार लीवाङलाई विशिष्ट अतिथि अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईको बाहुलीद्वारा अंगवस्त्र, स्मृतिचिन्ह, अभिनन्दन पत्र र नगद राशि अर्पण गरियो।
कार्यक्रममा सिक्किम एक्सप्रेसका कर्मचारी सुमन राईलाई उनको समर्पित सेवाको निम्ति ‘प्रशंसा पत्र’ द्वारा सम्मानित गरियो। विशिष्ट अतिथि गान्तोक निर्वाचन क्षेत्र विधायक दिले नामग्याल बर्फुङपाको बाहुलीद्वारा राईलाई प्रशंसा पत्र अर्पण गरियो।
मुख्य अतिथि सांसद डा. सुब्बाले आफ्नो सम्बोधनमा वर्तमान सोशियल मिडियाको समयमा पत्रकारिताका चुनौतीहरूको उल्लेख गर्दै विश्वसनीय र तथ्यमा आधारित समाचार सम्प्रेषणमाथि जोड दिए। विश्वसनीयता पत्रकारिताको आत्मा रहेको आसय व्यक्त गर्दै उनले विश्वसनीयता बिना पत्रकारिताको पनि अस्तित्व बाच्न नसक्ने विचार व्यक्त गरे।
सांसद सुब्बाले मिडिया हाउसहरूबीच पनि प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको, तर यस क्रममा विश्वसनीयतालाई अदेखा गर्नु हुॅंदैन भनी मन्तव्य राखे। अहिले सोशियल मिडियाको समयमा गलत सूचना मिडियाको निम्ति ठूलो चुनौती बनेको छ भन्दै यसमा मिडियाको भूमिका महत्वपूर्ण रहेको उनले बताए। मिडियामा प्रकाशित विश्वसनीय खबरहरूले सरकारलाई पनि नीति निर्धारिणमा मद्दत पुग्दछ भनी बताए।


यस अघि विशिष्ट अतिथि विधायक कला राईले साहसिक कार्य गर्ने र सत्यलाई सदैव पछ्याउने पेशा भनेको पत्रकारिता मात्र रहेको मन्तव्य व्यक्त गरिन्। पत्रकारिताका कतिपय कमि-कमजोरीहरू औल्याउॅंदै उनले जस्तै परिस्थिति आइपरे पनि सत्यको बाटो कहिल्यै नछोड्नु भनी पत्रकारहरूलाई हौसला प्रदान गरिन्। उनले पत्रकारहरूलाई निष्पक्ष बन्न तथा जनताको पक्षमा सत्य तथ्यहरू समाज समक्ष राखिरहने आह्वान पनि गरिन्।
यसैगरी, विशिष्ट अतिथि विधायक बर्फुङपाले इमान्दारीपूर्वक आफ्नो कार्य गरिरहन सुझाउ राख्दै कर्मको फल अवश्य प्राप्त हुनेछ भनी बताए।
कार्यक्रमलाई सम्मानित पत्रकारद्वय पुरण तामाङ र कुशहाङ लवाङले पनि सम्बोधन गरेका थिए। सिक्किम एक्सप्रेसका सम्पादक अमित पात्राले स्वागत सम्बोधन राखेको कार्यक्रममा राज्य सूचना एवं जन सम्पर्क विभागकी सचिव अन्नपूर्ण आले, विभागका अधिकारीहरू, राम पात्रो स्मारक पुरस्कार कमिटीका पदाधिकारीहरू, पत्रकारहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट

भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार

Mega Tourism events in other NE States……Sikkim Tourism Must Innovate or Be Left Behind

सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने

परम्परागत आर्चेरी प्रतियोगिताको समापन, रिगु छुजाचेन बन्यो च्याम्पियन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSikkim

न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 2, 2026
Gangtok District Administration launches two aspirational projects on Independence Day
पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा
Sikkim Police Conducts Building Bonds Outreach Programme in Soreng District
Landslide disrupts Rangpo Subdivision as heavy rainfall continues
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?