By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी
    August 30, 2025
    पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ
    August 30, 2025
    एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने
    August 30, 2025
    विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
    August 29, 2025
  • Politics
    PoliticsShow More
    सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
    August 30, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
    August 3, 2025
    बेन काब्रेबाट 17 परिवार सीएपीमा सामेल भएको दाबी
    August 2, 2025
    एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
    August 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा
Latest NewsOpinionSA NepaliSikkim

सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा

Aaron Rai
Last updated: July 27, 2025 5:00 pm
Aaron Rai Published July 27, 2025
Share
SHARE

गान्तोक, 27 जुलाई। राजधानीको मनन केन्द्रमा आज सातौं सारथी सम्मान दिवस मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा सम्पन्न गरियो। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णा कुमारी राई, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा र उपाध्याक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, ओएसडी तथा राज्यका 6 वटै जिल्लाबाट आएका चालक प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सारथी सम्मान दिवसको सबै सारथीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले 2019 मा एसकेएम सरकार गठनमा चालक सारथीहरूको ठूलो योगदान, सहयोग र आशीर्वाद रहेको बताए। एसकेएम सरकारमा आउनसाथ सारथीहरूको निम्ति एउटा छुट्टै कार्यक्रम हुनुपर्छ भनेर 27 जुलाईलाई सारथी सम्मान दिवसको रूपमा पालन गर्न थालिएको उनले अवगत गराए।

मुख्यमन्त्रीले यदि चालक सारथीहरू नभए राज्यको कामकाज सबै ठप्प हुनेछ भन्दै सरकारको पक्षबाट सम्मान जनाउन आफु मनभित्रैबाट कार्यक्रममा उपस्थित बनेको अवगत गराए। उनले राज्य र देशको विकासमा चालक सारथीहरूको ठूलो भुमिका र योगदान रहेको बताउँदै कार्यक्रममा अधिकारीहरूको न्युन उपस्थितिप्रति दु:ख व्यक्त गरे।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा 2019 भन्दा अघि र आजको स्थितिको मुल्याङकन गर्न आह्वान गर्दै चालकहरूले सारथी आईडल जस्ता कार्यक्रमहरूमा पनि प्रतिभा प्रस्तुत गरेर आफ्नो प्रतिभाको परिचय दिएको उल्लेख गरे। उनले 21औं शताब्दीमा जाँगर र सीप हुनेहरू कसैले पनि दु:ख पाउने छैन भन्दै चालकहरूको सीपको सराहना गरे।

उनले चालक कल्याण बोर्ड मार्फत चालकका परिवारलाई विभिन्न सहुलियतहरू उपलब्ध गराउँदै आइरहेको जानकारी गराए। चालकका छोराछोरीहरूले आज उच्च पदहरूमा नियुक्ति पाएको उल्लेख गर्दै चालक कल्याण बोर्डको निम्ति हरेक वर्ष एक करोड रुपियाँ धनराशि आवण्टन गरिएको जानकारी गराए। मुख्यमन्त्रीले चालकहरूका निम्ति तीनसय वटा घरहरू निर्माण गर्ने कार्य चॉंडै शुरू गरिने घोषणा गरे।

उनले वाहन पार्किङको समस्याको उल्लेख गर्दै गान्तोकको वेस्ट पोइन्ट मलमा पश्चिम र दक्षिण सिक्किमको ट्याक्सी स्ट्याण्ड पुन: शुरू गरिने जानकारी गराए। उनले राज्यका सबै जिल्लाहरूमा पार्किङ पूर्वाधारहरू निर्माण भइरहेको पनि अवगत गराए। उनले चालकहरूका परिवारहरूलाई मेडिकल बीमा सुविधा उपलब्ध गराइने बताउँदै अब उसो एआई चेकिङबाट चालकहरूले कुनै समस्याहरू भोग्नु नपर्ने पनि भरोसा दिलाए।

मुख्यमन्त्रीले अब उसो प्रत्येक वर्ष 10 अगस्तको दिन आमा सम्मान दिवस पालन गरिने घोषणा गरे, जसमा 32 हजार आमाहरूलाई पहिलो किस्ताको रूपमा 20- 20 हजार रुपियाँ सहयोग स्वरूप प्रदान गरिने छ।

कार्यक्रमलाई विधायक तथा चालक मोर्चाका उपाध्याक्ष प्रभारी सञ्जित खरेल र यातायात विभागका सल्लाहकार तथा विधायक मदन सिन्चुरीले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा उत्कृष्ट सारथी पुरस्कारद्वारा 6 वटै जिल्लाबाट दुई—दुई जना गरी कुल 12 जना चालकलाई एक—एक वटा वाहन प्रदान गरी सम्मानित गरियो। यसैगरी, सडक दुर्घटनाका पीडित चालक परिवारलाई पनि पाँच लाख रुपियाँको अनुग्रह राशि प्रदान गरियो।

कार्यक्रममा मुख्यमन्त्रीलाई यातायात विभाग, राज्य चालक प्रकोष्ठ र सारथी कल्याण बोर्डद्वारा अभिनन्दन जनाइएको थियो। यसैगरी चार सयभन्दा अधिक लाभार्थीहरूलाई मुख्यमन्त्री विवेकाधीन कोष मार्फत सहयोग राशिको चेक हस्तान्तरण गरियो।

You Might Also Like

Tourist permit system decentralized for Nathu La & North Sikkim

211th Bhanu Jayanti Celebration: First Round of Literature Competition Commences at Soreng

मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।

State-Level Teej Utsav 2024: A Celebration of Unity and Empowerment

वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News

बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु

Aaron Rai Aaron Rai June 29, 2025
कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित
Prerna Sthal to be inaugurated by Defence Minister
राज्यपालले मुख्य सचिवबाट उत्तर सिक्किमको स्थितिको बारेमा जानकारी लिए
पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?