By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त
EnvironmentInvestmentLatest NewsNationalTourism

उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त

Aaron Rai
Last updated: September 6, 2025 3:54 pm
Aaron Rai Published September 6, 2025
Share
SHARE


गान्तोक, 06 सेप्टेम्बर। बहु-विभागीय टोलीले यसै वर्ष गत 20 अगस्तदेखि शुरू गरेको उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त भएको छ। यस अभियानमा डीएमजी, सिक्किम पुलिस, एसएसडीएमए, एसयु, सीडब्ल्युसी, जीएसआई, एनआईएच, एनआईडीएम, सीडब्ल्युपीआरएस, एचपीएसडीएमए, डीजीआरई र आईपीआर विभागका सदस्यहरू सामेल थिए।
राज्य विज्ञान र प्रौद्योगिकी विभाग अनुसार, टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। टोली ए ले डोल्मा सम्पा र सोरा फनेल क्षेत्रमा आफ्नो उद्देश्य सफलतापूर्वक पूरा गरेर 26 अगस्तका दिन फर्कियो, जबकि टोली बी दक्षिण ल्होनाक ताल तर्फ अघि बढ्यो। त्यहाँबाट, उप-टोली बी1 (सीडब्ल्युसी, जीएसआई, एनआईएच, एचपीएसडीएमए र डीजीआरई) 29 अगस्तका दिन गान्तोक फर्कियो भने उप-टोली बी2 (डीएसटी, एसयु र आईपीआर) 1 सेप्टेम्बरका दिन थाङ्गु फर्कनुअघि चाङसाङतिर अघि बढ्यो। यसै क्रममा 2 सेप्टेम्बरमा टोली बी2 युल्हे काङ्से ताल तर्फ आफ्नो यात्राको लागि तयारी गऱ्यो।
यस वैज्ञानिक अभियान अन्तर्गत पहिलो पटक उत्तरी सिक्किमको युल्हे काङ्से ताल (16,378 फिट) भ्रमण गरिएको बताइएको छ, जुन उच्च उचाइमा रहेका हिमाली तालहरू र हिमनदी पर्यारणको अध्ययनमा एक कोसेढुङ्गा हो। यस अन्वेषणले तालको गहिराइ, तलछट संरचना र क्षेत्रीय जलविज्ञान र जलवायु परिवर्तनसँग सम्भावित सम्बन्धहरू सहित मूल्यवान आधारभूत डेटा प्राप्त गरेको कुरा उल्लेख छ, जसले पूर्वी हिमालयमा कमजोर पहाडी पारिस्थितिक प्रणालीहरूको गहिरो बुझाइमा योगदान पुर्‍याउने छ।
विभाग अनुसार, अभियानको 15औं दिन (3 सेप्टेम्बर) टोली थाङ्गुबाट प्रस्थान गऱ्यो र युल्हे काङ्से आधार शिविर पुग्यो। भोलिपल्ट, 4 सेप्टेम्बरका दिन टोलीले युल्हे काङ्से तालको लागि पदयात्रा शुरू गऱ्यो, जहाँ पहिलो बाथिमेट्रिक सर्वेक्षण र तलछट नमूना शुरु गर्नु अघि परम्परागत पूजा समारोह आयोजना गरियो। यसपछि, टोली 5 सेप्टेम्बरका दिन युल्हे काङ्से आधार शिविरबाट फर्किएर लाचुङ आइपुग्यो। अभियानको 18औं दिन 6 सेप्टेम्बरमा टोली अभियानको यो चरण समाप्त गर्दै सफलतापूर्वक गान्तोक फर्किएको छ।
अभियान टोलीहरू धेरै रोचक निष्कर्षहरू लिएर फर्किएका छन्, जसले उच्च-उचाइ ताल प्रणालीको भू-आकृति विज्ञान, जलविज्ञान र जलवायु अन्तरक्रियामा नयाँ अन्तर्दृष्टि प्रदान गर्ने अपेक्षा गरिएको विभागले बताएको छ। यो अभियान आईटीबीपी, भारतीय सेना, स्थानीय जुम्सा समुदाय र खाङ्ग्री टुर्स एण्ड ट्रेकको समर्पित सहयोगबाट सफल बनेको बताइएको छ।

You Might Also Like

एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी

गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित

सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार

सिक्किम अकादेमी पुरस्कार २०२५ परम्परागत बाँस शिल्पकार भरत राईलाई अर्पण गरिने घोषणा

संदिग्ध ब्राउन शुगरको साथमा एक व्यक्ति पक्राउ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
SikkimSports

National Unity & Solidarity Shine Through the Successful Conclusion of Run for Unity

IPR Report IPR Report October 31, 2024
सिक्किमका 12 छुटेका समुदायहरूको जनजाति मान्यता मामिलालाई लिएर दिल्लीमा दोस्रो बैठक सम्पन्न
केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे
नेपाली भाषा र साहित्य हाम्रो सांस्कृतिक पहिचान र सभ्यताको आधारस्तम्भ: रुद्र पौडेल
वडोदरा नगर निगमका पार्षदहरू सिक्किम भ्रमणमा, राज्यपालसॅंग गरे भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?