By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा धरना प्रदर्शन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा धरना प्रदर्शन
EnvironmentInsiderNortheastPoliticsSikkim

राष्ट्रिय राजमार्गको बिग्रॅंदो अवस्थाप्रति केन्द्र सरकारको ध्यान आकर्षित गर्न सीएपी र चालक परिषदद्वारा धरना प्रदर्शन

Aaron Rai
Last updated: October 16, 2025 4:06 pm
Aaron Rai Published October 16, 2025
Share
SHARE


गान्तोक, 16 अक्टबर । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले चालक परिषदको समन्वयमा आज राजधानीको सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र परिसरमा एक दिवसीय शान्तिपूर्ण धरना प्रदर्शन एवं हस्ताक्षर अभियान आयोजन गऱ्यो। जनतालाई जागरूक गर्न र राष्ट्रिय राजमार्ग 10 को बिग्रँदै गएको अवस्थाप्रति केन्द्र सरकारको तत्काल हस्तक्षेपको माग गर्दै उक्त कार्यक्रम आयोजना गरिएको थियो।
शान्तिपूर्ण विरोध प्रदर्शनको अगुवाई सीएपी चालक परिषदका अध्यक्ष आशिष राईले गरेका थिए। धरना प्रदर्शनमा सीएपीका वरिष्ठ पदाधिकारीहरू, राज्यभरिबाट आएका चालकहरू र परिवहन सञ्चालकहरू सहभागी बने तथा लामो समयदेखि चलिरहेको राजमार्ग संकटप्रति आफ्नो बढ्दो पीडा व्यक्त गरे।
सीएपी चालक परिषदका महासचिव टिका राईले आज जारी एक प्रेस विज्ञप्तिमा भने, पश्चिम बंगालको सिलगढ़ीलाई गान्तोकसँग जोड्ने राष्ट्रिय राजमार्ग 10 पैह्रो र टिस्टा करिडोरमा अवैज्ञानिक निर्माण गतिविधिका कारण बारम्बार भत्किने र अवरोधहरूको सामना गर्नु परेको छ। अक्टोबर 2023 मा हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफF) पछि स्थिति झनै बिग्रियो, जसले गर्दा राजमार्गका केही भागहरू अस्थिर र बारम्बार दुर्गम बनेका छन्। उनले यो निरन्तरको अवरोधले सिक्किमको अर्थतन्त्र र दैनिक जीवनमा व्यापक प्रभाव पारेको बताएका छन्।
धरना प्रदर्शनको क्रममा सीएपी सिक्किम र चालक परिषदले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन प्रेषित गरेर प्रधानमन्त्रीको व्यक्तिगत हस्तक्षेप र राष्ट्रिय राजमार्ग 10 को स्थितिमाथि केन्द्रिय समीक्षाको माग गरेका छन्। यसैगरी, प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरिएको निवेदनमा नागरिकहरूले हस्ताक्षर गरे।
सीएपी चालक परिषदका अध्यक्ष आशिष राईले यो धरना प्रदर्शन कसैको विरुद्धमा नभइ प्रत्येक सिक्किमे नागरिकको पक्षमा गरिएको बताए। उनले राष्ट्रिय राजमार्ग 10 हाम्रो जीवनरेखा हो भन्दै यसको पुनर्स्थापनामा हुने हरेक ढिलाइले हाम्रो पीडालाई अझ गम्भीर बनाउँछ भनी बताए। उनले यस विषयलाई एक राष्ट्रिय प्राथमिकताको रूपमा लिन प्रधानमन्त्रीलाई आह्वान पनि गरे।

You Might Also Like

एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप

सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो

निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट

एसटीएनएम अस्पतालमा दन्त चिकित्सक दिवस मनाइयो

IHM promotes sustainable tourism with workshop on rural homestays

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

Governor reaches out to people of North Sikkim

SA Desk SA Desk September 22, 2024
भारतीय राष्ट्रिय अर्किड महोत्सव 2025 को समापन
Sikkim CM inaugurates Mary Scott Centennial Hall at PNGSSS, Gangtok
क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानमा सिक्किमलाई आदर्श राज्यको रूपमा विकास गरिने
कञ्चनजङ्घा राज्य विश्वविद्यालयमा विशेष वार्ता शृङ्खला सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?