By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे
EducationLatest NewsSikkim

मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे

Suk Raj Aaron Rai
Last updated: December 17, 2025 5:35 pm
Suk Raj Aaron Rai Published December 17, 2025
Share
SHARE

सोरेङ, 17 दिसम्बर । मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सोरेङ जिल्लाको जूमस्थित माउण्ट सिनाई एकेडेमीको रजत जयन्ती समारोहमा मुख्य अतिथिका रूपमा सहभागी बने।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विद्यालयका प्रधानाध्यापकको समर्पणको सराहना गर्दै उनको शैक्षिक पृष्ठभूमिमाथि प्रकाश पारे अनि जनताको कल्याणप्रति उनको त्याग र प्रतिबद्धताको प्रशंसा गरे। यस क्षेत्रसँग आफ्नो पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै यस ठाउँको आफ्नो सम्झनालाई अविस्मरणीय बताए। उनले विभिन्न क्षेत्रमा विद्यालय र यसका पूर्व विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गरे भने आकांक्षी व्यक्तिहरूलाई सरकारको सहयोगबारे जानकारी गराए। युवाहरूलाई प्रोत्साहन गर्दै उनले उनीहरूको प्रतिभा पहिचान गर्न र व्यक्तिगत विकास र क्षेत्रीय विकासमा प्रयोग गर्न आह्वान गरे।
मुख्यमन्त्रीले यस क्षेत्रको विकासका लागि सामूहिक प्रयास गर्न आग्रह गर्दै सरकारबाट आवश्यक र समयमै सहयोगको आश्वासन दिए। पूर्वाधार विकासको बारेमा बोल्दै उनले स्थानीय बासिन्दाहरूलाई उनीहरूको सहयोगको लागि धन्यवाद दिए। विभिन्न समुदायहरूले मनाउने विविध चाडपर्वहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले सबै समुदायको संस्कृति र परम्पराको संरक्षण गर्ने सरकारको प्रतिबद्धतालाई पुन: पुष्टि गरे। उनले आफ्नो सम्बोधनमा माघे संक्रान्तिको समयमा आयोजना गरिने कार्यक्रमहरूको बारेमा जानकारी गराउॅंदै जनतालाई सरकारले प्रदान गरेको सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे।
कार्यक्रममा मुख्यमन्त्री र सालघारी जूमका विधायक मदन सिन्चुरीलाई विद्यालयको तर्फबाट सम्मानित गरियो। यसैगरी, विद्यालयद्वारा प्रवीण राई, डा. हेमलता राई, जय कुमार राई र सुष्मा मुखियालाई पनि सम्मानित गरियो। यस अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो।
कार्यक्रमको शुरुवातमा मुख्यमन्त्रीको बाहुलीद्वारा विद्यालयको विरासतको २५औं गौरवशाली वर्षको उत्सव मनाउन स्मारक पट्टिकाको अनावरण गरियो। मुख्यमन्त्रीले विद्यार्थीहरूद्वारा लगाइएका विज्ञान प्रदर्शनी एवं स्टलहरूको पनि भ्रमण गरेका थिए। कार्यक्रममा विधायक इरुङ तेन्जिङ लेप्चा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, प्रेस सचिव युगेन तामाङ तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

साहित्यकार शंकरदेव ढकाललाई भानु पुरस्कार प्रदान गरिने

मुख्यमन्त्रीले बिशप स्टिफन लेप्चालाई जन्मदिवसको हार्दिक शुभकामना दिए

एसडीएफको भाजपालाई दोहोरो नीति छाडेर आफ्नो स्पष्ट अ​डान र नीति लिएर अघि आउन अनुरोध

सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय

मुख्यमन्त्रीद्वारा फामताम पैह्रोप्रति दुःख व्यक्त, प्रभावित परिवारलाई हरसम्भव सहयोगको आश्वासन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentLatest NewsMarketingNortheastSikkim

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 31, 2025
एसकेएम पार्टीको कानून प्रकोष्ठको महत्वपूर्ण बैठक सम्पन्न
सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी स्थायी समितिको बैठकमा सहभागी बने। उक्त बैठक राष्ट्रिय राजधानी
Sikkim INSPIRES & H&FW Department Launch Program on Youth Mental Health & Suicide Prevention
शहरी विकास विभागका मन्त्रीले राँके मेला २०२६ को उद्घाटन गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?