गान्तोक, 21 जनवरी। सिक्किम पछौटे वर्ग आयोग (एससीबीसी) की नवनियुक्त अध्यक्ष कबिता सापकोटाले आफ्नो कार्यभार सम्हालेकी छन्। उनले राजधानीको पुरानो सचिवालय भवनस्थित आयोगको कार्यालयमा आफ्नो कार्यभार सम्हालिन्। अध्यक्ष सापकोटालाई आयोगकी सचिव जोत्सना एम. कार्थोक लगायत आयोगका अधिकारीहरू र कर्मचारीहरूले स्वागत जनाएका थिए।
एससीबीसी अध्यक्षको रूपमा नियुक्त हुनुअघि सापकोटा नाम्ची जिल्लामा मुख्यमन्त्रीकी अतिरिक्त राजनीतिक सचिवका रूपमा कार्यरत थिइन्। आफ्नो कार्यकाल अविध उनले नाम्ची जिल्लाका जनताको समर्पण र इमान्दारीपूर्वक सेवा पुऱ्याएको बताइएको छ।
अध्यक्ष सापकोटाले आफुमाथि निरन्तर विश्वास व्यक्त गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरेकी छन्। उनले सिक्किमको जनताको समग्र कल्याण र सुधारका लागि अथक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
Leave a comment


