By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
    April 15, 2025
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    Latest News
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    टीएनएको शतवार्षिकी समारोहमा संस्थापक छोग्याल सर टाशी नामग्यालको पूर्णकदको प्रतिमा अनावरण
    November 5, 2026
    राज्यपाल गौतमले रानीपुलस्थित वृद्धाश्रमको भ्रमण गरे, ज्येष्ठ नागरिकसँग तिहार मनाउँदै लिए आशीर्वाद
    November 4, 2026
    नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने
    November 2, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन
EducationNationalSikkim

सिक्किम विश्वविद्यालयको एआईयू उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सवमा उत्कृष्ट प्रदर्शन

Suk Raj Aaron Rai
Last updated: February 23, 2026 1:50 am
Suk Raj Aaron Rai Published February 22, 2026
Share
SHARE

गान्तोक, 22 फरवरी । सिक्किम विश्वविद्यालयले एसोसिएसन अफ इन्डियन युनिभर्सिटीज (एआईयू) द्वारा आयोजित ३९औँ अन्तर विश्वविद्यालय उत्तर-पूर्व क्षेत्रीय युवा महोत्सव २०२५-२६ (युनिफेस्ट) मा सहभागिता जनाएको छ। उक्त महोत्सव १६ देखि २० फरवरी, २०२६ सम्म असम डन बस्को विश्वविद्यालयद्वारा आयोजना गरिएको जानकारी आज एक प्रेस विज्ञप्तिमा दिइएको छ।महोत्सवमा व्यापक सहभागिताका लागि सिक्किम विश्वविद्यालय विद्यार्थी संघ (सुसा) पहलले गरेको थियो, जसले विभिन्न प्रतियोगितामा विद्यार्थीहरूको सहभागिता प्रोत्साहित र समन्वय गरेको थियो। विश्वविद्यालय प्रशासनको सहयोगमा समर्पित तथा प्रतिभाशाली टोलीले संस्थाको प्रतिनिधित्व गरेको बताइएको छ।महोत्सवका क्रममा विश्वविद्यालयले शास्त्रीय वाद्य एकल (नन-पर्कसन), वक्तृत्वकला, कार्टुनिङ, पोस्टर निर्माण, कोलाज, माटो मूर्तिकला, स्थानमै चित्रकला, तर्क प्रतियोगिता, कुइज, समूह गीत, लोक/जनजातीय नृत्य तथा फुटबल लगायतका विविध प्रतियोगितामा सहभागिता जनाएको थियो। सम्पूर्ण कार्यक्रममा विद्यार्थीहरूले आत्मविश्वास, सिर्जनशीलता र टोली भावना प्रदर्शन गरेका थिए।सिक्किम विश्वविद्यालयले महोत्सवमा उल्लेखनीय सफलता हासिल गरेको जनाइएको छ। शास्त्रीय वाद्य एकल (नन-पर्कसन) तर्फ विश्वविद्यालयले पाँचौँ स्थान हासिल गर्दै उत्कृष्ट सांगीतिक क्षमता र मेहनती तयारी प्रदर्शन गरेको छ। यसैगरी लोक/जनजातीय नृत्य तर्फ टोलीले पाँचौँ स्थान प्राप्त गर्दै सिक्किम तथा उत्तर-पूर्व क्षेत्रको समृद्ध सांस्कृतिक परम्परा र जीवन्त सम्पदा सुन्दर ढंगले प्रस्तुत गरेको थियो।वक्तृत्वकला र तर्क प्रतियोगिता जस्ता साहित्यिक विधामा पनि सहभागीहरूले स्पष्ट सोच र सशक्त सञ्चार क्षमताको प्रभावशाली प्रदर्शन गरे। यसरी नै पोस्टर निर्माण, कोलाज, कार्टुनिङ, माटो मूर्तिकला तथा स्थानमै चित्रकला जस्ता ललितकला प्रतियोगितामा विद्यार्थीहरूले सिर्जनशीलता र मौलिकता प्रस्तुत गरेका थिए। फुटबल टोलीले मैदानमा उत्कृष्ट समन्वय, अनुशासन र खेल भावना देखाए।विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूको इमानदार प्रयास र उपलब्धिप्रति बधाई ज्ञापन गरेको छ। साथै सहभागितालाई सफलतापूर्वक नेतृत्व तथा व्यवस्थापन गर्ने कार्यमा सुसाले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेको छ।

International Olympic Day 2025 Observed with Sporting Zeal in Sikkim

Sikkim MP attends Parliamentary Estimates Committee meeting on renewable energy

प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा

Sikkim MP attends International Meet on Peace in Cambodia

City Runner offers Gangtok a chance to rethink public transport

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentInsiderLatest NewsLatest News

जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 16, 2026
युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
मन्त्री टीटी भोटिया ‘विङ्स इन्डिया’ २०२६ बने सहभागी
मुख्यमन्त्रीले तारापीठमा सिक्किमवासीहरूको लागि पूजा-प्रार्थना गरे
Sikkim Bypolls: CAP Sikkim condemns nomination rejection, says it is a grave insult to democracy
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?