By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    Glacial Hazard Commission visits Singtam to assess flood damage
    June 19, 2025
    Safeguarding Heritage: Inception Workshop on Ru-Saom Held at Hee Gyathang
    August 29, 2025
    Latest News
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
    9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
Art & LiteratureEntertainmentLatest News

युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने

Suk Raj Aaron Rai
Last updated: August 3, 2026 3:00 am
Suk Raj Aaron Rai Published August 3, 2026
Share
SHARE

गेजिङ, 01 अगस्त । सिक्किमको प्राचीन राजधानी युक्सममा आगामी २१ देखि २८ अगस्तसम्म राज्यको समृद्ध धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई समर्पित वार्षिक पाङ ल्हाब्सोल पर्व भव्य रूपमा आयोजना गरिने भएको छ।यो पर्व पाङ ल्हाब्सोल समारोह समिति, युक्समले पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ टी. भोटियाको मार्गदर्शनमा आयोजना गर्न लागेको हो। मन्त्री भोटिया यस वर्षको पाङ ल्हाब्सोल समारोह समिति का प्रमुख संरक्षक पनि हुन्।पर्वको तयारीस्वरूप बुधबार आयोजक समितिले तयारी बैठक आयोजना गर्यो। त्यसपछि नोर्बुगाङ, युक्समस्थित पर्वस्थलको संयुक्त निरीक्षण गरी आठदिने कार्यक्रमका लागि भइरहेको तयारीको समीक्षा गरिएको समारोह समितिले आज प्रेस विज्ञप्तिमा जनाएको छ।पाङ ल्हाब्सोल सिक्किमको सबैभन्दा पूजनीय पर्वहरूमध्ये एक हो। यस पर्वमा कञ्चनजङ्घा हिमाललाई सिक्किमको संरक्षक देवताको रूपमा प्रतिष्ठापित गरिएको ऐतिहासिक क्षणको स्मरण गरिन्छ। हरेक वर्ष मनाइने यस पर्वले सिक्किमवासी र कञ्चनजङ्घाबीचको आध्यात्मिक सम्बन्धलाई झल्काउँछ। यस अवसरमा पवित्र हिमालप्रति श्रद्धा व्यक्त गर्दै विशेष पूजा तथा परम्परागत धार्मिक अनुष्ठान सम्पन्न गरिन्छ।आठदिने कार्यक्रममा सिक्किमको समृद्ध परम्परा र सांस्कृतिक सम्पदालाई उजागर गर्ने विभिन्न धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। यस वर्षको विशेष आकर्षणका रूपमा कञ्चनजङ्घा मोटरसाइकल क्लबले 21 अगस्तमा पेमायाङ्त्से, पेलिङदेखि युक्समसम्म वार्षिक पाङ ल्हाब्सोल राइड आयोजना गर्नेछ। त्यसैगरी, युक्सम पर्यटन विकास समितिले युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज हुँदै जोङ्ग्रीसम्म तथा त्यहाँबाट पवित्र दूध पोखरी पुग्ने धार्मिक पदयात्रा आयोजना गर्नेछ। यस पदयात्राका लागि इच्छुक सबै सहभागीहरूका लागि दर्ता खुला गरिएको छ।मुख्य पर्व 28 अगस्तका दिन पेमायाङ्त्से गुम्बाका भिक्षुहरू तथा स्थानीय श्रद्धालुहरूले जोङ्ग्रीमा विशेष पूजा गर्नेछन् भने युक्समको नोर्बुगाङमा पनि एकैसाथ धार्मिक अनुष्ठान सञ्चालन हुनेछ।

राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव

सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो

पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल

Deadly Protests Shake Kathmandu: Curfew Imposed as Nation Begins to Rebuild

सुकान्त दास भारतीय ब्याडमिन्टन दलको प्रबन्धक मनोनित भएकोमा बीएएसले दियो बधाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Politics

Party-based panchayat & municipal elections: CAP questions CM’s announcement questioned by CAP

PIB PIB August 14, 2024
सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
‘आमा सम्मान दिवस’ को तयारीलाई लिएर मुख्यमन्त्रीको अध्यक्षतामा समन्वय बैठक सम्पन्न
केन्द्रिय राज्यमन्त्री अठावलेले राज्यपालसॅंग गरे शिष्टाचार भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?