By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङमा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमण प्रकरणमा मुख्य योजनाकारसहित चार अभियुक्त पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > सोरेङमा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमण प्रकरणमा मुख्य योजनाकारसहित चार अभियुक्त पक्राउ
InsiderSikkim

सोरेङमा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमण प्रकरणमा मुख्य योजनाकारसहित चार अभियुक्त पक्राउ

Suk Raj Aaron Rai
Last updated: June 22, 2026 5:28 pm
Suk Raj Aaron Rai Published June 22, 2026
Share
SHARE

सोरेङ, २२ जून । सोरेङ जिल्ला पुलिसले खोलाटार निवासी चन्द्रहाङ सुब्बामाथि गत १० जून, २०२६ मा तीन जना अज्ञात मुखौटा लगाएका व्यक्तिहरूद्वारा गरिएको आक्रमणको घटनामा महत्वपूर्ण सफलता हासिल गरेको छ। यस घटनाको सम्बन्धमा सोरेङ पुलिसले तीन जना आरोपीलाई पक्राउ गरेको छ।सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज बताए अनुसार, शुरुआतमा ‘ब्लाइन्ड केस’ का रूपमा रहेको यस संवेदनशील घटनाको जाँच निरन्तर, सूक्ष्म तथा प्राविधिक निगरानीका माध्यमबाट अगाडि बढाइयो। विश्वसनीय पुलिस तथा सर्वसाधारण स्रोतबाट प्राप्त सूचनाका आधारमा जाँच टोलीले गान्तोक र सिलगढ़ीबाट तीन जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका अभियुक्तहरूलाई अदालतमा उपस्थित गराई न्यायिक हिरासतमा पठाइएको छ। घटनामा प्रयोग गरिएको गाडी पनि पुलिसले नियन्त्रणमा लिएको छ।पक्राउ परेका अभियुक्तहरूमा लोअर थाम्बोङ, दारामदिन निवासी दीपेश भुजेल (२८) रहेका छन्। उनी यस हमलाकाण्डका मुख्य अभियुक्त रहेको बताइएको छ। यसैगरी, कमारगाउँ, तिमी तार्कु निवासी पिटर लिम्बू (३१) र श्रीबादाम, सोरेङ जिल्ला निवासी कृष्णबहादुर गुरुङ (५४) लाई पक्राउ गरिएको छ। यसैबीच, घटनाका कथित मुख्य योजनाकार रुम्बुक बस्ती, सोरेङ जिल्ला निवासी अशबीर सुब्बा (३७) लाई सोमबार बिहान पुलिसले पक्राउ गरेको छ। पुलिसका अनुसार, निरन्तर अनुगमन, प्राविधिक निगरानी तथा सूचनामूलक कारबाहीका आधारमा आरोपीको पक्राउ सम्भव भएको हो। पुलिसले घटनामा संलग्न अन्य दुई फरार अभियुक्तको खोजी कार्य तीव्र रूपमा जारी रहेको र उनीहरूको गतिविधिमाथि नजिकबाट निगरानी राखिएको बताएको छ।जाँचका क्रममा दार्जिलिङ जिल्लाको बिजनबारी क्षेत्रबाट प्राप्त सीसीटीभी फुटेज अत्यन्तै महत्वपूर्ण प्रमाण सावित भएको पुलिसले जनाएको छ। उक्त फुटेजले अभियुक्तहरूको गतिविधि पहिचान तथा ट्र्याक गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। पुलिस अधीक्षक प्रधानले जाँच टोलीको प्रशंसा गर्दै अतिरिक्त पुलिस अधीक्षक, एसडीपीओ सोरेङ, सोमबारिया पुलिस, जाँच अधिकारी पीआई सोवित खत्री तथा जाँचमा संलग्न सम्पूर्ण पुलिस कर्मचारीहरूको योगदान सराहनीय रहेको बताए। उनले मङ्गन र सदर पुलिस थाना, सोरेङ तथा गान्तोक साइबर सेल, दार्जिलिङ पुलिस, सामाजिक अभियन्ता राजु नेपाली र उनको टोली तथा रुम्बुक र खोटातारका स्थानीयवासीप्रति पनि आभार व्यक्त गरेका छन्।

मेडिकल रीइम्बर्समेन्ट र लीभ इनक्याशमेन्टबारे कुनै प्रकारको आदेश वा निर्देशन जारी गरिएको छैन: वित्त विभाग

मुख्यमन्त्री तामाङ मामरिङमा स्वतन्त्रता दिवस पूर्व समारोह तथा फुटबल सेमिफाइनलमा सहभागी

शिक्षा मन्त्रीले भने, सरकार युवाहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धाका लागि तयार गर्न चाहन्छ

रोमाञ्चक सेमिफाइनलमा सन्त जोसेफ्स कलेजले एसएसबीलाई ३-२ ले हरायो

नाम्चीका एसडीएम वाङगेल शेर्पाले टिमी ब्लकमा आँधी प्रभावित क्षेत्रहरूको निरीक्षण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinionPolitics

भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 8, 2026
Wildlife Week celebration concludes with co-existence theme
एसडीएफ पार्टीलाई गतिलो झट्का, वरिष्ठ नेतृत्वहरू एसकेएम पार्टीमा सामेल
Nathu La Day to be renamed ‘Nathu La Vijay Diwas’ from next year: CM
मन्त्री सानाम लामाले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग गरे भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?