By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न
BrandingBusinessEconomyNationalSikkim

आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न

Aaron Rai
Last updated: July 3, 2025 2:36 pm
Aaron Rai Published July 3, 2025
Share
SHARE


गान्तोक, 03 जुलाई। राज्य आबकारी विभागका नवनियुक्त सचिव जीवन सुब्बाको अध्यक्षतामा आज मुख्यालयमा पहिलो समन्वय बैठक आयोजन गरियो। बैठकमा राज्यको छवटै जिल्लाका अधिकारीहरू र क्षेत्रीय अधिकारीहरू उपस्थित थिए।
बैठकमा सचिव सुब्बाले मुख्यमन्त्री पीएस तामाङ, जो विभागका सम्बन्धित मन्त्री पनि हुन्, ले विभागलाई सुव्यवस्थित गर्न र विभागको सुचारु कामकाजको निरीक्षण गर्न कडा निर्देशन दिएको जानकारी गराए। बैठकमा विशेषगरि दुईवटा मुद्दा राजस्व संकलन र सेवा वितरण संयन्त्रमा सुधारमाथि छलफल भएको विज्ञप्तिमा उल्लेख छ।
सचिव सुब्बाले वर्तमान वित्तीय वर्षमा विभागको राजस्व कम्तिमा 10 प्रतिशत वृद्धि गर्नुपर्ने लक्ष्य सरकारले दिएको जानकारी गराए। उनले जरिवाना र जफतबाट हुने राजस्व सङ्कलन लक्ष्यअनुसार नभएकोमा निराशा व्यक्त गर्दै क्षेत्रीय अधिकारी तथा कर्मचारीहरूलाई यस सम्बन्धमा उचित ध्यान दिन आह्वान गरे।
सचिव सुब्बाले क्षेत्रीय अधिकारीहरू र कर्मचारीहरूलाई विभागको हितलाई प्राथमिकतामा राख्दै थप जोश र उत्साहका साथ काम गर्न पनि आग्रह गरे। उनले महिनामा कम्तिमा 15 दिन क्षेत्रको भ्रमण गर्न निर्देश दिॅंदै भ्रमण अवधि अधिकारीहरूले युनिफर्म लगाउएको हुनुपर्नेछ भनी बताए। उनले आबकारी कानून जान्नुको महत्त्व उल्लेख गर्दै विभागका अधिकारी र कर्मचारीहरूलाई यसको बारेमा उचित ज्ञान राख्न आग्रह गरे।
उनले सहज वितरण सेवा संयन्त्रको महत्त्वको बारेमा बोल्दै विभागबाट लाइसेन्स प्राप्त गर्दा वा नवीकरण गर्दा जनताले कुनै पनि वाधाको सामना गर्नु हुँदैन भन्दै ढिलाइलाई कुनै पनि हालतमा त्याग्नुपर्ने निर्देश दिए। बैठकमा अन्तरक्रिया सत्र पनि सम्पन्न गरिएको थियो।

You Might Also Like

Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative

मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट

हाम्रो लक्ष्य 2029 होइन, 2034 हो: मुख्यमन्त्री

SIBLAC Welcomes Caste-Based Census, Demands Special Provisions for Sikkim’s Unique Constitutional and Geopolitical Status

सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalNortheastSports

सिक्किमले लगातार तेस्रो जित दर्ता गर्दै नागाल्याण्डलाई आठ विकेटले पराजित गर्‍यो

Aaron Rai Aaron Rai February 10, 2026
सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन
DC makes first official visit Yuksom Subdivision
रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?