By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन
InvestmentNationalOpinionPoliticianSA Nepali

सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन

Suk Raj Aaron Rai
Last updated: September 17, 2025 2:37 pm
Suk Raj Aaron Rai Published September 17, 2025
Share
SHARE


गान्तोक, 17 सेप्टेम्बर। विश्वकर्मा पूजा र प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको शुभ अवसरमा आज सिक्किमले राष्ट्रव्यापी पहलको अनुरूप सेवा पखवाडा अभियान शुरु गर्‍यो। सेवा पखवाडा अभियानको उद्घाटन आज राजधानीको रिज पार्कस्थित उत्सव प्लाजा, स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा आयोजित एक भव्य समारोहबीच गरियो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थिति रहेको थियो।
सार्वजनिक सेवा र सामाजिक कल्याणप्रति समर्पित राष्ट्रिय अभियान सेवा पखवाडा आगामी 2 अक्टोबरसम्म चल्नेछ। कार्यक्रममा मुख्यमन्त्रीले विकसित भारत @2047 को भिजन अन्तर्गत समावेशी विकासको प्रतिबद्धता व्यक्त गर्दै राज्यमा यस अभियानका गतिविधिहरूको उद्घाटन गरे।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गरे। उनले प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वले भारतको विश्वव्यापी प्रतिष्ठालाई उच्च बनाएको र देशको हरेक कुनामा विकास ल्याएको बताए। उनले भने, सेवा पखवाडाले अन्त्योदयप्रतिको प्रधानमन्त्रीको गहिरो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
सिक्किममा सम्पन्न गरिने विभिन्न गतिविधिहरू मध्ये रक्तदान एवं स्वास्थ्य शिविरहरू, स्वच्छता एवं पर्यावरण अभियानहरू, जन सचेतना कार्यक्रमहरू, दिव्याङ्गजनहरूलाई सहायता, मोदी विकास म्याराथन र खेलकुद एवं सांस्कृतिक प्रतियोगिताहरू सामेल छन्। मुख्यमन्त्रीले यी पहलहरू राज्यभरि सामुदायिक संलग्नता र जन कल्याणलाई सुदृढ पार्ने उद्देश्यले गरिएको जानकारी दिए।
कार्यक्रममा मुख्यमन्त्रीले विभिन्न कल्याण पहलहरू पनि लोकार्पण गरे, जसमा आमा सशक्तिकरण योजना अन्तर्गत 31 हजार आमाहरूलाई वित्तीय अनुदान, दिव्याङ्गजन, स्वच्छता कर्मी र ग्राम पञ्चायतहरूलाई समर्थन एवं मान्यता, आयुष्मान भारत कार्ड वितरण, स्वास्थ्य महिला, सशक्ति परिवार अभियान, राज्यव्यापी राष्ट्रिय पोषण माह, पीएम टीबी मुक्त भारत पहल आदि सामेल छन्।
यस अतिरिक्त, औपचारिक दर्ता, टुलकिट, अनुदानित ऋण र रोजगार सहयोग मार्फत परम्परागत कारीगरहरूलाई सशक्त बनाउन सिक्किममा प्रधानमन्त्री विश्वकर्मा योजना लागू गरिएको पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा जानकारी गराए। विश्वकर्मा जयन्तीको सबैमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्रीले हामी दूरदर्शी नेतृत्वलाई मात्र होइन, हामी हाम्रो राष्ट्रलाई हरेक दिन निर्माण गर्ने हातहरूलाई पनि सम्मान गर्छौं भनी बताए। उनले सबै नागरिकहरूलाई विकसित भारतको साझा दृष्टिकोणलाई साकार पार्न टिम सिक्किमको रूपमा अगाडि बढ्न आह्वान गरेका छन्।

भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न

दिव्याङ्ग बालबालिकाका लागि विशेष विद्यालय निर्माणका लागि एमओयूमा हस्ताक्षर

एसआईआर: 31 मईसम्म सिक्किममा ७२,१३७ भन्दा धेरै मतदाताहरूलाई गणना फारम बितरित

मुख्यमन्त्रीले ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठकको अध्यक्षता गरे

एसडीएफ अध्यक्ष चामलिङले 34औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक बधाई अनि शुभकामना दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNational

CM Presents Sikkim Vision 2047 at 10th NITI Aayog Governing Council Meeting

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 24, 2025
Coordination Meeting on Implementation of Supreme Court Order on Stray Dog Management Held in Pakyong
प्रधानमन्त्रीको भ्रमणलाई लिएर चलिरहेको तयारीको समीक्षा बैठक सम्पन्न
भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार
मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?