By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी
National

उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी

Aaron Rai
Last updated: May 30, 2025 6:03 pm
Aaron Rai Published May 30, 2025
Share
SHARE


गान्तोक, 30 मई। उत्तर सिक्किममा बिहिवार अबेर राति भएको वाहन दुर्घटनापछि बेपत्ता बनेका यात्रीहरूको अझै पनि पत्ता चलेको छैन। हिजो राति वाहन दुर्घटना भएदेखि लगातार खोज एवं उद्धार कार्य चलिरहेको छ। आज पनि दिनभरि खोज एवं उद्धार कार्य चलाइयो। हिजो राति दुर्घटना स्थलबाट दुई जनालाई उद्धार गरिएको थियो भने नौ जना अझै पनि बेपत्ता छन्।
चुङथाङ पुलिस अनुसार, बिहिवार अबेर राति लगभग आठ बजी लाचेन-चुङथाङ मार्ग अन्तर्गत छुबाम्बू र मुन्शिथाङबीच एउटा ट्याक्सी वाहन सड़कदेखि तल टिस्टा नदीमा झऱ्यो। वाहनमा ट्याक्सी चालकसहित 11 जना यात्रा गरिरहेका थिए। यात्रीहरू सबै भारतका विभिन्न राज्यहरूबाट सिक्किम घुम्न आएका पर्यटकहरू थिए।
दुर्घटनाको बारेमा सूचना पाउनसाथ चुङथाङ पुलिस लगायत उद्धार टोली दुर्घटना स्थल पुगेर खोज एवं उद्धार कार्य शुरू गऱ्यो। यस क्रममा दुई जना यात्रीलाई दुर्घटना स्थलबाट गम्भीर अवस्थामा उद्धार गरियो। घाइतेहरूमा ओडिशाको जजपुर निवासी साइराज जेना (17) र स्वयम् सुप्रतिम नायक (17) सामेल छन्। घाइतेहरूको चुङथाङ पीएचसीमा प्राथमिक उपचारपछि राजधानीको एसटीएनएम अस्पताल रेफर गरियो।
प्रारम्भिक जॉंचमा पर्यटकहरूलाई लाचेनबाट लाचुङ लिएर जाने क्रममा वाहन दुर्घटना भएको थाहा लागेको छ। वाहन पासाङ डी. शेर्पाले चलाइरहेका थिए। उनी सिङघिक, मंगन निवासी थिए। वाहन सड़कदेखि लगभग 1000 फुट तल झरेको छ।
बेपत्ता बनेका अन्य पर्यटकहरूमा ओडिशाको जजपुर निवासी इत्शिरी जेना (46), अजित कुमार नायक (45), सुनिता नायक (42) शाहिल जेना (21), उत्तर प्रदेश निवासी अंकिता सिंह (26) र कौशलेन्द्र प्रताप सिंह (32) तथा त्रिपुरा निवासी स्वपनिल देव (26) र देवज्योति जोय देव (26) सामेल छन्।
चुङथाङ पुलिस, आईटीबीपी, सेना, एनडीआरएफ र स्थानीय मानिसहरू आज दिनभरि खोज एवं उद्धार कार्यमा जुटेका थिए। यस क्रममा नदीबाट दुर्घटनाग्रस्त वाहन उद्धार गरिएको छ। वाहन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
मंगन जिल्लाका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक सोनाम डी. भोटिया, जिल्ला आपदा प्रबन्धन प्राधिकरणका डीपीओ कर्म दोर्जी वाजीलिङ्गपा पनि आज दुर्घटना स्थल पुगेर खोज एवं उद्धार कार्यको बारेमा जानकारी लिएका थिए। दुर्घटना स्थलमा व्यापक खोज एवं उद्धार कार्य जारी रहेको छ।

नेसाप सिक्किमको चुनाउ सम्पन्न, हरि ढुङ्गेल पुन: अध्यक्ष निर्वाचित

सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

सांसद सुब्बाले एलटी सीट आरक्षणको लागि आरपी ऐन संशोधनमाथि जोड दिए

बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEconomyEntertainmentInvestment

मुख्यमन्त्री रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसारमा सहभागी बने

Aaron Rai Aaron Rai February 15, 2026
Sikkim Finance & Accounts Service Association gets new executive committee
सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए
एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
भक्तिभावका साथ पालन गरियो सागा दावा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?