By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Discover > उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज
DiscoverEducationLatest News

उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज

Suk Raj Aaron Rai
Last updated: August 1, 2025 1:58 pm
Suk Raj Aaron Rai Published August 1, 2025
Share
SHARE

सिक्किमको भूमि कानूनलाई बलियो समर्थन

पाकिम: पाकिम जिल्ला सिविल न्यायालय (वरिष्ठ श्रेणी) की न्यायाधीश श्रीमती उर्वशी प्रधानले ‘उदयकुमार पाण्डेविरुद्ध विजयकुमार पाण्डे तथा अन्य’ सम्बन्धी २०२४ मा दर्ता गरिएको मुद्दाको फैसला सुनाउँदै वादीको सम्पत्ति सम्बन्धी दाबीलाई पूर्णरूपले खारेज गरिदिएका छन।।

वादी उदयकुमार पाण्डेले स्व. गोपाल पाण्डेका भतिजा भएको दाबी गर्दै रिनाक बजारस्थित दुईतले काठको घर, बगैँचा र जग्गामा बराबरी हिस्सा माग गरी अदालतमा मुद्दा दायर गरेका थिए। उनका अनुसार गोपाल पाण्डेले उक्त सम्पत्ति खरिद गरेका थिए र मृत्युपछि कानुनी उत्तराधिकारीको हैसियतले आफू र प्रतिवादी विजयकुमार पाण्डे दुवैलाई अधिकार प्राप्त हुने तर्क पेश गरिएको थियो।
तर न्यायालयको फैसलाले यस दाबीलाई कानुनीरूपमा अमान्य ठहर गर्‍यो। फैसलामा उल्लेख भएअनुसार सो सम्पत्ति गोपाल पाण्डेलाई खरिद नभई आवास विकास तथा आवास विभाग (यूडीएचडी) द्वारा आवंटन गरिएको थियो। त्यसैले वादीको दाबीको मूल आधार नै कमजोर ठहरियो। साथै वादीले आवंटन स्थायी हो कि अस्थायी भन्ने सम्बन्धमा आवश्यक दस्तावेज अदालतमा पेश गर्न सकेनन्।
फैसलामा उल्लेख गरिएको महत्वपूर्ण कानुनी पक्ष भनेको वादीले आफू सिक्किम सब्जेक्ट नभएको, न त सीओआई वा आवासीय प्रमाणपत्र रहेको कुरा स्वीकार गरेका थिए। यी कागजातको अभावमा उनी अचल सम्पत्तिमा दाबी गर्न अयोग्य छन् भन्ने ठहर अदालतले गर्‍यो।
साथै, सिक्किममा लागू भएको ‘घरजग्गा आवंटन तथा भवन निर्माण (नियमन तथा नियन्त्रण) ऐन, १९८५’ र ‘जमिन स्थानान्तरण नियमन ऐन, २००५’ अन्तर्गत “परिवार” भन्ने परिभाषामा भतिजा समावेश नहुने हुँदा वादीले आफू कानुनी उत्तराधिकारी भएको आधारमा सम्पत्तिमा अधिकार माग्न सक्दैनन् भन्ने फैसलामा उल्लेख गरिएको छ।
न्यायाधीशले स्पष्ट रूपमा भनेकी छन् कि गोपाल पाण्डेलाई आवंटन गरिएको सम्पत्ति अस्थायी भए मृत्युपश्चात स्वतः राज्य सरकारमा फर्किन्छ भने स्थायी भए पनि वादी कानुनी रूपमा अचल सम्पत्ति हस्तान्तरणको हकदार होइनन्।
यस फैसलासँगै वादी र प्रतिवादीबीच गरिएको सम्पत्ति विभाजनसम्बन्धी कागजातलाई समेत अमान्य घोषित गरिएको छ।
न्यायालयको यो निर्णयले सिक्किममा अचल सम्पत्तिको स्वामित्व र हस्तान्तरणसम्बन्धी कानुनहरू कडाइका साथ लागू भइरहेका छन् भन्ने स्पष्ट सन्देश दिएको छ। स्थानीय स्तरमा व्यापक चासोका रूपमा हेरिएको यो मुद्दाले नागरिकताको हैसियत र कानुनी मान्यताको अपरिहार्यता पुनः एक पटक उजागर गरेको छ।

नारी 2025 को प्रतिवेदनमा गान्तोक महिलाका लागि पाँचौं सुरक्षित शहर

सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल

एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsLatest NewsNational

जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 26, 2025
Central funds for flood-affected States: Sikkim allocated Rs. 23.60 cr
सांसद सुब्बा जेडआरयूसीसी बैठकमा सहभागी, रेल परियोजना शीघ्र सम्पन्न गर्न माग उठाए
कोमल चामलिङले पार्टी कार्यकर्ताहरूलाई उत्साहका साथ अग्रसर हुन आह्वान गरिन्
मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?