गान्तोक, 02 जून। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आज सरकारमा आफ्नो दोस्रो कार्यकालको एक साल पूरा गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ एसकेएम नेतृत्वधीन सरकारको लागि यो एक उल्लेखनीय वर्ष भएको बताउॅंदै जनताको विश्वास र समर्थनको लागि गहिरो आभार व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी सन्देशमा यो उपलब्धि सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठसॅंग सुन्दर रूपमा मेल खाएको र यसले एसकेएमको यात्रामा थप अर्थ थपेको उल्लेख गरेका छन्। उनले राज्यका जनताको लागि प्रगतिलाई अगाडि बढाउन र परिवर्तनकारी परिणामहरू प्रदान गर्न संलग्न सबैको अथक प्रयास र अटुट समर्पणले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनले सबैलाई दृढता, एकता र दृढ प्रतिबद्धताको लागि धन्यवाद दिएका छन्। पार्टी कार्यकर्ताहरूको योगदानले समाजको हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको उनले बताएका छन्।
मुख्यमन्त्रीले आगामी दिनहरूमा अझ ठूला उपलब्धिहरूको लागि प्रयास गर्दै सुनौलो, समृद्ध र समर्थ सिक्किमको हाम्रो सामूहिक दृष्टिकोणतर्फ काम गर्ने क्रममा टीम सिक्किमको भावनामा अगाडि बढिरहन आह्वान गरेका छन्।

Leave a comment