By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: १७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > १७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने
OpinionPoliticianreligionSA FeaturesSA Nepali

१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने

Aaron Rai
Last updated: December 4, 2025 4:23 pm
Aaron Rai Published December 4, 2025
Share
SHARE

गान्तोक, 4 दिसम्बर। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आगामी १७औँ रोलु दिवस २०२५ को तयारीलाई ध्यानमा राख्दै आज नाम्ची जिल्लाअन्तर्गत रोलु मन्दिर परिसरमा पहिलो बैठक आयोजन गर्यो। पार्टीका वरिष्ठ उपाध्यक्ष तथा मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडाको अध्यक्षतामा बसेको यस बैठकमा पार्टीका सेक्रेटरी जनरल अरुणकुमार उप्रेती, विधानसभा उपाध्यक्ष, मन्त्रीगण, सांसद, राजनीतिक सचिवहरू, सल्लाहकारहरू, अध्यक्ष तथा संयोजकहरू, ओएसडीहरू, पार्टीका उपाध्यक्षहरू, विभिन्न भातृ संगठनका पदाधिकारी, युवा र नारीशक्तिका प्रतिनिधिहरू लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकको एजेन्डा प्रस्तुत गर्दै सेक्रेटेरी जेनरल अरुण उप्रेतीले यस वर्षको रोलु दिवस विशेष परिवेशमा पालन गरिने जानकारी गराए। उनले “२१ दिसम्बरमा सिक्किमको एक महत्वपूर्ण पर्व “लोसुङ” परेको कारण यस वर्ष रोलु दिवसलाई सामान्य रूपमा पालन गरिने जानकारी गराए। तर, आकार सानो भए पनि पूजालाई मुख्य कार्यक्रमका रूपमा लिइने र कार्यक्रमको आत्मा, भावना र ऐतिहासिक महत्त्व जस्ताको तस्तै रहने उनले स्पष्ट पारे। उप्रेतीले भने, “रोलु मन्दिर हाम्रो पार्टीका लागि साधारण मन्दिर मात्र नभई २००९ मा क्रान्तिले पहिलो श्वास फेरेको पवित्र भूमि हो, त्यसैले कार्यक्रमको भव्यता भन्दा पनि भावनात्मक गम्भीरता महत्वपूर्ण रहनेछ।” उनले पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तमाङको निर्देशनअनुसार सबै जिल्लाका कार्यकर्ताहरूलाई उत्साह, समर्पण र एकता कायम राखेर कार्यक्रम सफल बनाउन आह्वान गरे।कार्यक्रमका प्रमुख वक्ता जेकब खालिङले पार्टीप्रति कड़ा प्रतिबद्धता र अनुशासनको महत्वबारे सम्बोधन राखे। उनले पार्टीका पदहरू अस्थायी भए पनि एक क्रान्तिकारी कार्यकर्ता भएर पार्टीको सिद्धान्त, निष्ठा र भावनासँग जोडिने पहिचान सधैँ स्थायी रहने उल्लेख गरे। उनले रोलु दिवस जस्तो ऐतिहासिक दिनले सबैलाई आफ्नो भूमिकाको अनुभूति गराउने र पार्टीको मूल विचारधारामा आबद्ध भएर रहन प्रेरित गर्ने बताए।यसैगरी, छोपेल शेर्पाले यस वर्षको व्यवस्थापन र समन्वय कार्यबारे जानकारी गराउँदै सल्लाहकार, अध्यक्ष, ओएसडी, प्रेस सचिव लगायतका नामित पदाधिकारीहरूले जिम्मेवारी बाँडफाँड गर्दै कार्यक्रमलाई व्यवस्थित रूपले अघि बढाउने बताए। बैठकमा बोल्दै विधायक कला राईले विपक्षीहरूद्वारा गरिने नकारात्मक प्रचारप्रति कडाइका साथ आवाज उठाउन सबैलाई आग्रह गरिन्। उनले वर्तमान मुख्यमन्त्रीजस्तो दयालु, सरल, न्यायप्रिय र जनमुखी नेतृत्व सिक्किमले पाउनु दुर्लभ हो भन्दै उनका जनपक्षीय नीति–कार्यक्रमहरूले हजारौँ नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याइरहेको कुरामाथि जोड दिइन्। विपक्षीहरूले सधैँ भ्रम फैलाउने प्रवृत्तिलाई तथ्य, तर्क र सभ्य राजनीतिक संस्कारका माध्यमबाट काट्नसक्ने शक्ति एसकेएम परिवारमा पर्याप्त रहेको पनि उनले बताइन्।कार्यक्रमका अध्यक्ष विष्णु कुमार खतिवडाले सबै सहभागीप्रति आभार व्यक्त गर्दै आगामी रोलु दिवस सफल, शान्तिपूर्ण र उद्देश्यपूर्ण होस् भन्ने कामना गरे। उनले रोलु मन्दिरको दिव्य आशीर्वाद सधैँ पार्टी अध्यक्ष पीएस गोले, पार्टी र सम्पूर्ण क्रान्तिकारी परिवारमाथि रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गरेको जानकारी सोशल मीडिया प्रकोष्ठ अध्यक्ष नवीन दाहालले प्रेस विज्ञप्तिमा दिएका छन्।

You Might Also Like

मेजर दुर्गा मल्लाको जीवनमाथि आधारित नाटक ‘बलिदान’ 25 सेप्टेम्बरमा मञ्चन गरिने

बीजेवाईएमले नाम्चीमा ‘नमो युवा रन’ आयोजन गऱ्यो

Sikkim Book Fair Continues at MG Marg with Engaging Literary and Cultural Activities

22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ

लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastTourismTravel

पर्यटन विभागका नवनियुक्त चेयरपर्सन सोनाम नोर्गे लाचुङपाले आफ्नो कार्यभार सम्हाले

Aaron Rai Aaron Rai July 25, 2025
Mentors’ Talk at Creative Hub 2.0 Highlights Scope of Anime and Manga Creator Economy in Sikkim
Showcasing Sikkim’s Splendour at TTF Kolkata 2025
प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
‘द जजमेन्ट डे-2.0’ को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?