By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम पार्टीको 14औं स्थापना दिवस समारोहलाई लिएर पहिलो समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसकेएम पार्टीको 14औं स्थापना दिवस समारोहलाई लिएर पहिलो समन्वय बैठक सम्पन्न
InsiderLatest NewsOpinionPoliticsSikkim

एसकेएम पार्टीको 14औं स्थापना दिवस समारोहलाई लिएर पहिलो समन्वय बैठक सम्पन्न

Aaron Rai
Last updated: January 8, 2026 4:28 pm
Aaron Rai Published January 8, 2026
Share
SHARE

गान्तोक, 08 जनवरी। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको १४औँ स्थापना दिवस समारोहलाई लिएर आज रम्फूस्थित पार्टी कार्यालयमा पहिलो समन्वय बैठक आयोजन गरियो। पश्चिम पाण्डाम समष्टि विधायक एलबी दासको सभाध्यक्षतामा आयोजित बैठकमा १४औँ स्थापना दिवस समारोह समिति गठन गर्नका साथै विभिन्न जिम्मेवारी समेत सुम्पियो। उक्त जानकारी एसकेएम राज्यस्तरीय साहित्य प्रकोष्ठका महासचिव परशु ढकालद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।
एसकेएम पार्टी अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख संरक्षकत्वमा आयोजन हुने स्थापना दिवसको निम्ति पश्चिम पाण्डाम समष्टि विधायक एलबी दास संरक्षक रहेका छन्। यसैगरी, समारोह समितिका अध्यक्षमा पार्टीका सेक्रेटेरी जेनरल एवम् मन्त्री अरुण उप्रेती अनि छुङछुङ भोटिया लगायत मुख्य समन्वयकको रूपमा युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान रहेका छन्। आज बसेको पहिलो समन्वय बैठकमा १४औँ स्थापना दिवसको तयारी बारे व्यापक छलफल गर्नका साथै पार्टीका भातृ सङ्गठनहरू अनि कर्मठ व्यक्तित्वलाई विभिन्न कामहरूको जिम्मेवारी दिइयो।
बैठकलाई सम्बोधन गर्दै पार्टीका सेक्रेटेरी जेनरल एवम् समारोह समितिका अध्यक्ष अरुण उप्रेतीले आज दिइएको कामको जिम्मेवारीलाई निष्ठापूर्वक पालन गर्न आग्रह गरे। उनले स्थापना दिवसमा आम जनमानसको व्यापक उपस्थिति रहने र त्यस दिशामा केन्द्रित गरेर प्रत्येक निर्वाचन क्षेत्रले अहिलेबाटै जनमानसको सुविधालाई ध्यानमा राखेर तयारी शुरु गर्न अपील गरे।
बैठकलाई संक्षिप्त रूपमा सम्बोधन गर्दै पार्टी प्रवक्ता एवम् मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले १४औँ स्थापना दिवस सधैँ झैँ सहज अनि व्यापक रूपमा सफल पार्न पार्टी दृढ़ रहेको बताए। उनले चुनौती अरुले दिने नभएर विगतका आफ्नै कार्यक्रमहरू चुनौती हुने जनाउँदै विगतका कार्यक्रमभन्दा अझ धेरै सफल कार्यक्रम १४औँ स्थापना दिवस होस् भनी बताए।
कार्यक्रमलाई मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, पार्टी मुख्यालय महासचिव पवन गुरुङ, नारी प्रकोष्ठकी उपाध्यक्ष प्रभारी छिरिङ पाल्देन भोटियाले पनि सम्बोधन गरेका थिए। बैठकमा पार्टीको केन्द्रिय कार्यकारिणी, मन्त्री, विधायक, अध्यक्ष-सल्लाहकारगण, ओएसडीगण, पार्टीको जिल्ला तथा समष्टिस्तरीय समिति, पार्टीको सबै भातृ संगठनका प्रतिनिधिगण आदिको व्यापक उपस्थिति रहेको बताइएको छ।

You Might Also Like

Mock Emergency Drill Conducted at Pakyong Airport to Enhance Crisis Preparedness

एसडीएफ पार्टीको घुर्पिसेमा महत्वपूर्ण बैठक आयोजित

Lok Sabha MP discuss key State priorities with Governor

पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित

जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EntertainmentSikkimSports

असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित

Aaron Rai Aaron Rai August 10, 2025
माटो कवि जीवन थिङ कविता उत्सव 2025 भव्यताको साथ सम्पन्न
सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
मुख्यमन्त्रीले मंगन जिल्लामा उद्धार एवं राहत कार्यहरूलाई तीव्र बनाउन दिए निर्देश
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?