चुङथाङ, 29 जुलाई। चुङथाङका महकुमा अधिकरी अरुण छेत्रीले चुङथाङका एसडीपीओ चन्दन छेत्रीसँग तारुम चुमा जारी सडक पुनर्स्थापना कार्यको निरीक्षण गरे। निरीक्षणको उद्देश्य पुनर्स्थापनाको प्रगतिको मूल्याङ्कन गर्नु र सुरक्षित सम्पर्क पुनर्स्थापित गर्न गरिएका उपायहरूको समीक्षा गर्नु रहेको बताइएको छ।
निरीक्षणमा ८६ आरसीसीका अफिसर कमान्डिङ डी. विवेक पनि उपस्थित थिए, जसले पुनर्स्थापना कार्यको प्रगतिको बारेमा जानकारी दिए। साथै, उनले पुनर्स्थापना कार्यमा सामना गर्नु पनिरहेका चुनौतीहरूको बारेमा पनि अवगत गराए।
महकुमा अधिकारीले चुनौतीपूर्ण भूभाग र मौसमी परिस्थितिबीच पुनर्स्थापना कार्यमा संलग्न सीमा सडक संगठन (बीआरओ) का कर्मचारीहरूको समर्पित प्रयासको प्रशंसा गरे। पुनर्स्थापना गतिविधिहरू सन्तोषजनक रूपमा अगाडि बढिरहेको र सडक सम्पर्कलाई छिटोभन्दा छिटो पुनर्स्थापित गर्न महत्त्वपूर्ण प्रयासहरू जारी रहेको उनले बताए।
उनले कामको कार्यान्वयनको क्रममा सुरक्षा मापदण्डहरू कायम राख्नुको महत्त्वमा जोड दिए र सबै सम्बन्धित निकायहरूलाई कामदार र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै पुनर्स्थापनाको समयमै सम्पन्नता सुनिश्चित निर्देशन दिए। उनले बीआरओको निरन्तर प्रयास र सबै सरोकारवालाहरूको सहयोगमा तारुम चुमा सडक पुनर्स्थापना कार्य द्रुत गतिमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
Leave a comment


