By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
    9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: छह वर्षको लामो अन्तरालपछि नथुला हुँदै भारत-चीन सीमा व्यापार पुनः शुरु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > छह वर्षको लामो अन्तरालपछि नथुला हुँदै भारत-चीन सीमा व्यापार पुनः शुरु
BusinessEconomySikkimWorld

छह वर्षको लामो अन्तरालपछि नथुला हुँदै भारत-चीन सीमा व्यापार पुनः शुरु

Suk Raj Aaron Rai
Last updated: August 3, 2026 2:54 am
Suk Raj Aaron Rai Published August 3, 2026
Share
SHARE

गान्तोक, 01 अगस्त। लगभग छह वर्षको लामो अन्तरालपछि नथुला हुँदै भारत-चीन सीमा व्यापार पुनः शुरू भएको छ। यस अवसरमा आज पूर्व सिक्किमको भारत-चीन सीमास्थित नथुलाको नो म्यान्स ल्यान्डमा एक विशेष समारोह आयोजन गरियो। यस समारोह मार्फत २०२६ को व्यापार सिजन औपचारिक रूपमा शुभारम्भ गरिएको छ।भारत र चीनको सीमा गेटबीच रहेको नो म्यान्स ल्यान्डमा सिक्किम सरकार तथा तिब्बत स्वायत्त क्षेत्र (टीएआर) का अधिकारीहरूबीच उपहार आदान-प्रदान गर्दै व्यापार पुनः सञ्चालनको औपचारिक घोषणा गरिएको थियो।
यसपछि शेरेथाङ ट्रेड मार्टमा उद्घाटन समारोह आयोजन गरियो, जसमा वाणिज्य तथा उद्योग मन्त्री टीटी भोटिया मुख्य अतिथि तथा विधायक पामिन लेप्चा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
समारोहलाई सम्बोधन गर्दै मन्त्री भोटियाले नथुला सीमा व्यापार पुनः सञ्चालनलाई सिक्किमको अर्थतन्त्र सुदृढ़ गर्ने, रोजगारी सिर्जना गर्ने तथा जनताको जीविकोपार्जनका अवसर विस्तार गर्ने ऐतिहासिक उपलब्धि बताए। उनले व्यापार मार्गको पुनः सञ्चालन भारत सरकारको ‘एक्ट इस्ट पोलिसी, पीएम गतिशक्ति र विकसित भारतको परिकल्पना अनुरुप रहेको उल्लेख गर्दै यसले व्यापार, पर्यटन तथा क्षेत्रीय सम्पर्क विस्तारमा सिक्किमको रणनीतिक भूमिकालाई अझ सुदृढ़ बनाउने बताए।उनले नथुला मार्गबाट कैलाश मानसरोवर यात्राकौ सफलतापूर्वक पुनः सञ्चालन भइसकेको उल्लेख गर्दै सीमा व्यापारको पुनः शुरुवातले नथुलालाई व्यापार, पर्यटन, सांस्कृतिक आदान-प्रदान तथा आध्यात्मिक सम्पर्कको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम सरकार पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको उनले बताए।मन्त्री भोटियाले नथुला व्यापार मार्गले पञ्जीकृत व्यापारीहरूलाई सिक्किमका हस्तकरघा उत्पादन, हस्तकला, जैविक उत्पादन तथा सूचीकृत अन्य वस्तुहरूको बजार विस्तार गर्ने अवसर प्रदान गर्ने बताए। उनले वाणिज्य तथा उद्योग विभागले भारत सरकारको विदेश व्यापार महानिर्देशनालय समक्ष व्यापार गर्न मिल्ने वस्तुहरूको सूची विस्तार तथा व्यापारको परिमाण वृद्धि गर्न प्रस्ताव पेश गरिसकेको जानकारी दिए। यसबाट स्थानीय उद्यमीहरूका लागि थप अवसर सिर्जना हुने उनले अपेक्षा व्यक्त गरे।
यसैगरी, विशिष्ट अतिथि विधायक लेप्चाले नथुला हुँदै भारत-चीन सीमा व्यापार पुनः सञ्चालनलाई व्यापार, सांस्कृतिक आदान-प्रदान र आर्थिक सहकार्यको ऐतिहासिक परम्पराको पुनर्जागरण बताइन्। यसले विशेष गरी ना थाङ तथा छेउछाउका सीमावर्ती गाउँका बासिन्दाका लागि विशेष महत्त्व राख्ने उल्लेख गर्दै कठिन परिस्थितिमा राष्ट्रको सीमा सुरक्षामा उनीहरूले पुर्याएको योगदानको पनि प्रशंसा गरिन्। उनले सीमा व्यापारबाट प्राप्त हुने लाभ वास्तविक सीमावर्ती बासिन्दा तथा साना स्थानीय व्यापारीसम्म पुग्ने सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरिन्।
यस अघि वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी. युत्सोले नथुला सीमा व्यापार छह वर्षपछि पुनः सञ्चालन भएको जानकारी दिँदै भारत सरकारबाट गत वर्षको अन्त्यतिर प्राप्त निर्देशनपछि व्यापार सिजनका लागि आवश्यक पूर्वाधार मर्मत तथा तयारी युद्धस्तरमा सम्पन्न गरिएको बताइन्। उनले नथुला सीमा व्यापार पुनः सञ्चालन भारत सरकार र सिक्किम सरकार दुवैको सीमावर्ती व्यापार प्रवर्द्धन, क्षेत्रीय सम्पर्क विस्तार, सीमावर्ती गाउँहरूको सामाजिक-आर्थिक विकास तथा शान्तिपूर्ण सहकार्यप्रतिको प्रतिबद्धताको प्रतीक रहेको उल्लेख गरिन्। उनले नथुला र शेरेथाङलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिसकिएकाले प्रयोगपछि प्लास्टिकजन्य फोहोर आफैं फिर्ता लैजान सबै सरोकारवालालाई आग्रह गरिन्।
समारोहका अवसरमा लाभार्थीहरूलाई सीमा व्यापार पास तथा क्याफेटेरिया सञ्चालनका लागि स्वीकृतिपत्र पनि वितरण गरिएको थियो।

केन्द्रिय नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री सिक्किम आइपुगे

कुबेर दाहालको उपन्यास लोकार्पित

Sikkim CM participates in ‘Spiritual Empowerment for a Clean & Healthy Society’ programme of the Brahma Kumaris

मुख्यमन्त्रीले नयाँ दिल्लीस्थित सिक्किम सरकारका सम्पत्तिहरूको पुनर्विकास योजनाको समीक्षा गरे

कोडाइकनाल इन्टरनेशनल स्कूलका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

पोक्सो मामिलामा दोषी ठहर भएका आरोपीलाई 20 साल कारावासको कठोर सजाय

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 2, 2025
उत्तर सिक्किम वाहन दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट
मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे
सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी
गान्तोकमा साइबर स्क्यामको मामिला बढ्दै, दुईवटा मामिला दर्ता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?