By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जनगणना 2027 माथि पहिलो चरणको राज्यस्तरीय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > जनगणना 2027 माथि पहिलो चरणको राज्यस्तरीय बैठक सम्पन्न
InsiderLatest NewsNationalNortheastSikkim

जनगणना 2027 माथि पहिलो चरणको राज्यस्तरीय बैठक सम्पन्न

Aaron Rai
Last updated: August 5, 2025 4:19 pm
Aaron Rai Published August 5, 2025
Share
SHARE

गान्तोक, 05 अगस्त। जनगणना 2027 लाई लिएर पहिलो चरणको राज्यस्तरीय बैठक आज राजधानीको टाशीलिङ सचिवालयमा राज्यका मुख्य ​सचिव आर. तेलाङको अध्यक्षतामा बस्यो। यो बैठकले लगभग 16 वर्षको अन्तरालपछि सञ्चालन भइरहेको दशवार्षिक जनगणना अभ्यासको लागि सिक्किमको तयारीको औपचारिक शुरुवात गरेको बताएको छ।
जानकारी अनुसार, राज्य सरकारले मुख्य सचिवको अध्यक्षतामा उच्चस्तरीय राज्य जनगणना समन्वय समिति गठन गरेको छ। समितिमा सम्बद्ध विभागका वरिष्ठ अधिकारीहरू सामेल छन्, जसको उद्देश्य प्रभावी अन्तर-विभागीय समन्वय र जनगणनाका सबै चरणहरूको सफल क्रियान्वयन सुनिश्चित गर्नु रहेको छ।
बैठकमा जनगणना सञ्चालन निर्देशालयका निर्देशक कर्मा आर. बोन्पोले आगामी जनगणना प्रक्रियाको बारेमा विस्तृत जानकारी गराए। उनले 30 जून, 2025 सम्म प्रशासनिक एकाइहरूको अद्यावधिक स्थिति, एकभन्दा बढी ग्राम पञ्चायत एकाई भएका गाउँहरूमा चुनौती, स्व-गणनाको लागि डिजिटल उपकरणहरूको शुरुवात र घर-सूचीकरण र शुल्क दर्ता तयारीको रणनीतिक योजना जस्ता महत्वपूर्ण घटकहरूमाथि प्रकाश पारे।
निर्देशक बोन्पोले डेटा सङ्कलन, डिजिटल लेआउट म्यापिङ, डेटा सुरक्षा प्रोटोकल, पूर्व-परीक्षण सञ्चालन, र जिल्ला जनगणना पुस्तिकाको मस्यौदा तयार पार्न मोबाइल एप्लिकेशनहरूको प्रयोगमाथि पनि प्रकाश पारे।
मुख्य ​सचिव तेलाङले आफ्नो सम्बोधनमा जनगणना प्रक्रियाको सावधानीपूर्वक योजना र त्रुटिरहित कार्यान्वयनको महत्त्वमा जोड दिए। उनले सङ्कलन गरिएको तथ्याङ्कको गुणस्तरले राज्यमा भविष्यमा केन्द्रद्वारा प्रायोजित योजनाहरूको कार्यान्वयन र कोषमा प्रत्यक्ष प्रभाव पार्ने बताए। उनले सबै विभाग र सम्बन्धित अधिकारीहरूलाई गम्भीरताका साथ कार्यमा लाग्न र हरेक चरणमा सठीकताको लागि प्रयास गर्न आग्रह गरे।
बैठकमा खुल्ला चर्चा सत्र पनि सम्पन्न गरियो, जसमा विभिन्न परिचालन मुद्दाहरू र चुनौतीहरूमाथि छलफल गरियो। बैठकले जनगणना 2027 को तयारीमा सिक्किमको सक्रिय अडानलाई प्रकाश पारेको छ, जुन पहिलो पूर्ण डिजिटल जनगणना हुनेछ र यसमा जातीय जनगणना पनि समावेश हुनेछ, जुन देशको डेटा परिदृश्यमा एक महत्वपूर्ण परिवर्तन हो।
बैठकमा विभाग प्रमुखहरू, जिल्लापालहरू, सबै जिल्लाका प्रतिनिधिहरू, जनगणना सञ्चालन निर्देशनालयका वरिष्ठ अधिकारीहरू र राज्य सरकारका विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।

You Might Also Like

Book “Dalai Lama’s Secret to Happiness” Launched in Gangtok

विधायक सतिशचन्द्र राईकी पत्नीको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Second Pakyong Airport Advisory Committee Meeting held to boost flight operations

रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

Mega Tourism events in other NE States……Sikkim Tourism Must Innovate or Be Left Behind

SA Desk SA Desk December 5, 2024
40TH Governor’s Gold Cup: Gangtok Himalayan SC in Final
मन्त्री सोनाम लामाले केन्द्रिय रक्षामन्त्री राजनाथसिंह सॅंग भेट गरे
Gyalshing District Task Force Meeting for Pan-India Rescue & Rehabilitation Campaign for Child & Adolescent Labour
रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?