गान्तोक, 10 अप्रेल । राजधानीका कतिपय ठाउॅंहरूमा पिउने पानीको व्यापक समस्या भइरहेको थाहा लागेको छ। विशेष गरी डॉंडागाउँ, तादोङ, छैटौं माइल र वरपरका क्षेत्रहरूले पानीको चरम अभाव भोगिरहेका छन्, जसले गर्दा विद्यार्थी र साना व्यवसायीहरूलाई निकै असर गरिरहेको बताइएको छ।
भाजपा सिक्किमले पानी वितरण प्रणाली विफल भएको आरोप लगाउॅंदै मानिसहरू आधारभूत पिउने पानीको लागि संघर्ष गर्नु परिरहेका बताएको छ। भाजपा सिक्किम राज्य सचिव निरेन भण्डारीले सम्बन्धित अधिकारीहरूलाई पानी ट्याङ्करहरू मार्फत तत्काल राहत प्रदान गर्न र पाइपलाइन मर्मत कार्यलाई तीव्र पार्न अनुरोध गरेका छन्। उनले यस्ता संकटहरू रोक्नका लागि नयाँ पानीको स्रोतहरूको गहन जाँच र नियमित सार्वजनिक अपडेटहरूको आवश्यकतामा जोड दिएका छन्।
उनले प्रशासनलाई परिचालन गर्न र संकट समाधान गर्नका लागि मुख्यमन्त्रीको व्यक्तिगत हस्तक्षेपको माग गरेका छन्। उनले स्थिति बिग्रनु र सरकारको छवि बिगार्ने जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनु आवश्यक रहेको बताएका छन्। भण्डारीले पानीको संकट समाधान गर्न र गान्तोकका बासिन्दाहरूको लागि स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।
Leave a comment


