By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रतिभा सङ्गम साहित्य समितिद्वारा वार्षिक उत्सव पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > प्रतिभा सङ्गम साहित्य समितिद्वारा वार्षिक उत्सव पालन
Art & LiteratureSikkim

प्रतिभा सङ्गम साहित्य समितिद्वारा वार्षिक उत्सव पालन

Suk Raj Aaron Rai
Last updated: September 30, 2024 12:10 pm
Suk Raj Aaron Rai Published September 30, 2024
Share
SHARE

गान्तोकः प्रतिभा सङ्गम साहित्य समिति क्यूजिङ, दक्षिण सिक्किमले आइतवार क्युजिङ उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षालायमा विविध साहित्यिक एवम् सांस्कृतिक कार्यक्रमहरूको साथमा चौथो वार्षिक उत्सव भव्यताका साथ पालन गऱ्यो। बर्फुङ समष्टिका विधायक रिक्सेल दोर्जी भोटियाको मुख्य आतिथ्यमा आयोजित समारोहमा क्यूजिङ वरपरका स्कुलका विद्यार्थीहरूले कविता, कथा, लघु नाटक एवम् लोक नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न क्षेत्रमां योगदान पुऱ्याउने व्यक्तित्त्वहरूलाई प्रतिभा सङ्गम साहित्य समितिद्वारा सम्मानित गरिएको थियो।

आफ्नो सम्बोधनमा मुख्य अतिथि विधायक भोटियाले बाल-बालिकाहरूलाई साहित्यिक गतिविधिमा संलग्न गराएर प्रतिभा सङ्गम साहित्य समितिद्वारा नयाँ साहित्यिक प्रतिभाहरू जन्माउने-हुर्काउने कार्य भएको मन्तव्य गरे। आफूलाई आज साहित्यिक बोट-बिरुवा रोपन कार्यक्रममा संलग्न भएजस्तो अनुभव भएको बताउँदै उनले समाजका सबै तप्काका मानिसहरू मिलेर यी बिरुवाहरूलाई हुर्काउन उचित मलजल गर्नुपर्ने सुझाउ राखे। विधायक भोटियाले विभिन्न स्कुलका विद्यार्थीहरूको प्रतिभालाई एउटै मञ्चमा ल्याएर प्रस्तुत गरिने पहलको सराहना गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरे। उनले साहित्य एवम् पत्रकारिता सम्बन्धमा पनि अनुभव गरेका कुराहरू साझा गर्दै वर्तमान डिजीटल युगमा लेखक एवम् मिडियाकर्मीहरूले गुणस्तरीय भाषाको प्रयोगलाई बढी महत्त्व दिनुपर्ने सुझाउ पनि राखे।

कुमार नेपालीको साहित्यिक नामले चिनिने समारोहका विशिष्ट अतिथि सुम्बुकका खण्ड प्रशासनिक अधिकारी एलबी प्रधानले साहित्य कलाको लागि मात्र नभएर जीवनको लागि पनि लेखिनुपर्छ भन्ने मन्तव्य राखे। उनले नकारात्मक सोच सबै समस्याहरूको जड हो भन्दै साहित्यकारहरूले समाजलाई सकारात्मक सोचप्रति अभिप्रेरित गर्नुपर्ने मन्तव्य गरे।

विशिष्ट अतिथि एवम् नाम्ची सरकारी महाविद्यालयका प्राचार्य डा दिपक तिवारीले साहित्यको वर्तमान अवस्थामाथि प्रकाश पारे। उनले साहित्य लेखनमा कला र अध्ययनको महत्त्वबारे पनि आफ्नो विचार राखे। प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले साहित्य आत्मिक सन्तुष्टिका लागि मात्र नलेखेर समाजलाई योगदान पुग्ने हिसाबले लेखिनुपर्ने मन्तव्य गरे।

सिक्किमेली साहित्य लेखनमा पर्यटन, पर्यावरण संरक्षण, शिक्षा, राजनीति, भाषिक विविधता आदि जस्ता जन सरोकारसँग जोडिएका विषयहरूमा पनि कलम चलाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले निम्न वर्गका मानिसहरूको आवाज बनेर साहित्य लेखिनुपर्ने कुरामाथि बल दिए। प्रतिभा सङ्गम साहित्य समितिका सल्लाहकार एवम् एसटीसीएसका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्माले संस्थाको गतिविधि एवम् साहित्य लेखनमा आफूले अनुभव गरेका विषयहरू साझा गरे। उनले सिक्किममा प्रेमसिंह तामाङ नेतृत्त्वावधीन सरकारको स्थापनापछि साहित्यले फुल्ने-फल्ने अवसर पाएको मन्तव्य पनि गरे। बुद्ध पार्कका ओएसडी छितेन भोटियाले सिक्किममा बसोबासो गरेका विभिन्न समुदायको अस्तित्त्व र साहित्यिक गतिविधिमा आफ्नो विचार राखे। पोएट आइडल सिमियोन सुकिता राईले आफ्ना कविता एवम् गजल प्रस्तुत गरेका थिए।

कार्यक्रमको रूपरेखामाथि लिङ्जो प्राथमिक पाठशालाका प्रधानअध्यापक डीके छेत्रीले प्रकाश पारेका थिए भने क्युजीङ उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक एमपी शर्माले स्वागत सम्बोधन राखेका थिए। कार्यक्रममा अन्तर विद्यालय स्वरचित एवम् छन्द कविता वाचनसँगै विभिन्न भाषाका कविता प्रतियोगिता राखिएको थियो भने विद्यार्थीहरूले कथा सुनाउनका साथै लघु नाटक र लोक नृत्य पनि प्रस्तुत गरे। यस अवसरमा मुख्य अतिथि क्षेत्र विधायक रिक्सेल दोर्जी भोटियालाई प्रतिभा सङ्गम साहित्य समितिद्वारा अभिनन्दन जनाइयो। यसैगरी विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्त्वहरू पाल्देन दोर्जी भोटिया, तिलकचन्द गोयल, मेदिनी प्रसाद शर्मा, भीम राउत र सिमियोन सुकिता राईलाई पनि सम्मान गरियो। यस अतिरिक्त दशौँ र बाह्रौँ श्रेणीमा उत्कृष्ट अङ्क ल्याउने मेधावी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। सम्पूर्ण कार्यक्रमलाई प्रतिभा सङ्गम साहित्य समितिका अध्यक्ष तथा साहित्यकार सुरेश शर्माले सञ्चालन गरेका थिए भने महासचिव सुरेश राईले सबैप्रति आभार व्यक्त गरेका थिए।

Sikkim Observes Seven-Minute Vehicular Halt to Raise Environmental Awareness

हि-गेथाङ उच्चतर माध्यमिक विद्यालयमा 10औं राष्ट्रिय आयुर्वेद दिवस पालन

Rajya Puruskar Award Ceremony Honours Young Scouts and Guides at Raj Bhavan

District Road Safety Committee Holds Successful Workshop Towards Road Safety

“Welcome to Sikkim” board installed at Atal Setu

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSikkim

मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 2, 2026
भाजपा नेताहरूले शिवालिक कम्पनीका अधिकारीहरूलाई भेटे, माखा-डिक्चु सडकको सोचनीय अवस्थाको मुद्दा उठाए
Mock Emergency Drill Conducted at Pakyong Airport to Enhance Crisis Preparedness
सीएपीको समष्टिस्तरीय सभा सम्पन्न, एसीईसी समिति गठन
सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?