By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्रीको आह्वानलाई आत्मसात गर्दै खर्चमा कटौती गर्न सिक्किम सरकारले लिए महत्वपूर्ण निर्णय
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > प्रधानमन्त्रीको आह्वानलाई आत्मसात गर्दै खर्चमा कटौती गर्न सिक्किम सरकारले लिए महत्वपूर्ण निर्णय
Latest NewsNationalOpinionPoliticianSikkim

प्रधानमन्त्रीको आह्वानलाई आत्मसात गर्दै खर्चमा कटौती गर्न सिक्किम सरकारले लिए महत्वपूर्ण निर्णय

Aaron Rai
Last updated: May 14, 2026 5:44 pm
Aaron Rai Published May 14, 2026
Share
SHARE

गान्तोक, 14 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मितव्ययिता अपनाउन गरिएको आह्वानलाई आत्मसात गर्दै तथा राष्ट्रसेवा र जिम्मेवार सुशासनप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न आफ्नो आधिकारिक सवारी लश्करमा प्रयोग हुने गाडीहरूको संख्या ५० प्रतिशतले घटाउने निर्णय गरेका छन्। साथै, मुख्यमन्त्रीले अन्तर-जिल्ला भ्रमणका क्रममा जिल्लापालहरू र पुलिस अधीक्षकहरूलाई प्रोटोकल ड्युटी नगर्न अनुरोध गरेका छन्।मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोष्टमा उक्त जानकारी साझा गरेका छन्। मुख्यमन्त्रीको अध्यक्षतामा आज राजधानीस्थित सम्मान भवनमा मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, मुख्य सचिव, डीजीपी, विभागीय प्रमुखहरूको आपतकालीन बैठक आयोजना गरियो, जहाँ अन्य जिल्लाका जिल्लापाल र पुलिस अधीक्षकहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए। बैठकमा विस्तृत छलफलपछि इन्धन संरक्षण, प्रशासनिक दक्षता तथा राष्ट्रिय जिम्मेवारीलाई ध्यानमा राख्दै केही अस्थायी उपायहरू अवलम्बन गर्ने निर्णय गरिएको छ। यस क्रममा मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानलाई आत्मसात गर्दै आफ्नो आधिकारिक सवारी लश्करमा प्रयोग हुने गाडीहरूको संख्या ५० प्रतिशतले घटाउने निर्णय गरेका छन्। यसैगरी, उनले अन्तर-जिल्ला भ्रमणका क्रममा जिल्लापालहरू र पुलिस अधीक्षकहरूलाई प्रोटोकल ड्युटी नगर्न अनुरोध गरेका छन्।यस अतिरिक्त, विधानसभा अध्यक्ष र उपाध्यक्षलाई उपलब्ध गराइएका पाइलट गाडीहरू मितव्ययिता उपायअन्तर्गत फिर्ता लिइने निर्णय गरिएको छ। यसरी नै सबै मन्त्रीहरू र विधायकहरूलाई उपलब्ध गराइएका सवारी साधनहरूको इन्धन खपत २० प्रतिशतले घटाइनेछ, जसले इन्धन संरक्षण र जिम्मेवार शासनप्रति सामूहिक प्रयासलाई बल पुर्याउने बताइएको छ।सरकारी विभागहरूमा पूल सवारी सेवा लागू गरिनेछ तथा नजिकका बैठक र कार्यक्रममा पैदल हिँड्न प्रोत्साहन गरिने, सार्वजनिक यातायातको बढी प्रयोग तथा भर्चुअल बैठक र डिजिटल समन्वयमा बढी निर्भरता बढाइने, सबै ओएसडी र अध्यक्षहरू आफ्ना सम्बन्धित निर्वाचन क्षेत्रमा नै रहनेछन् र अनावश्यक यात्रा नगर्न आग्रह गरिने निर्णय गरिएको छ। यसरी नै सरकारी कर्मचारीहरूलाई अत्यावश्यक बाहेक सरकारी सवारी साधन प्रयोग गरी अन्तर-जिल्ला तथा राज्यबाहिर यात्रा गर्न प्रतिबन्ध लगाइने, सम्भव भएसम्म ५० प्रतिशत कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागू गरिने, एक वर्षसम्म विदेशी भ्रमण स्थगित गरिने तथा शनिबार र आइतबार गैर-कार्य दिवसका रूपमा कायम गरिने भएको छ, जस अवधिमा सरकारी सवारी साधन सञ्चालन हुने छैनन्। साथै, सबै जिल्लामा अड-इभन सवारी नियम लागू गरिने जनाइएको छ ।मुख्यमन्त्रीले यी उपायहरू अस्थायी भए पनि स्रोत संरक्षण, जिम्मेवार प्रशासन तथा चुनौतीपूर्ण समयमानै राष्ट्रप्रति सामूहिक योगदानलाई प्रोत्साहन गर्ने विवेकपूर्ण कदमहरू रहेको बताएका छन्। आपतकालीन सेवाहरूलाई यी प्रतिबन्धहरूबाट छुट दिइनेछ। यस सम्बन्धमा विस्तृत अधिसूचना गृह विभागद्वारा छुट्टै जारी गरिने उनले बताएका छन्।मुख्यमन्त्री तामाङले सिक्किमका सम्पूर्ण जनतासँग राज्य र राष्ट्रको व्यापक हितमा लिइएका यी निर्णयहरूलाई पूर्ण समर्थन र पालन गर्न विनम्र अपील गरेका छन्। उनले यो चुनौतीपूर्ण समय रहेको र प्रत्येक नागरिकको सामूहिक जिम्मेवारी, अनुशासन तथा सहकार्यले अर्थपूर्ण परिवर्तन ल्याउन सक्ने बताएका छन्। उनले अनावश्यक इन्धन खपत घटाउन र देशमा एकता र राष्ट्रभक्तिको उदाहरण प्रस्तुत गर्न आह्वान पनि गरेका छन्।
[8:00 pm, 14/5/2026] Bishal Da hindustan Times: सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
गान्तोक, 14 मई । सिटिजन एक्सन पार्टी (सीएपी)- सिक्किमले राज्यका सबै जिल्लाहरूमा ‘अड-इभन’ नियम लागू गर्ने राज्य सरकारको निर्णयको कडा निन्दा गरेको छ। सीएपीले मितव्ययिता अभियानको नाममा उठाइएको उक्त कदमलाई राज्यका आम जनताको दैनिक जीवन, जीविकोपार्जन र आधारभूत गतिशीलतामाथि प्रत्यक्ष आक्रमण ठहर गरेको छ।
उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई मितव्ययिता अपनाउन गरेको आह्वानलाई आत्मसात गर्दै सिक्किम सरकारले कतिपय महत्वपूर्ण निर्णयहरू गरेको छ। यसमा राज्यव्यापी रूपमा ‘अड-इभन’ नियम लागू गर्ने निर्णय पनि एक रहेको छ।
सीएपी प्रवक्ता महेश राईले यी उपायहरू प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन संरक्षणको अपीलको प्रतिक्रियामा गरिएको राज्य सरकारको दाबी केन्द्रको अभिप्रायको घोर गलत व्याख्या रहेको बताएका छन्। प्रधानमन्त्रीले स्वैच्छिक मितव्ययिता र संरक्षणको लागि वकालत गरेका छन् भन्दै सामान्य नागरिकको जीवनलाई प्रभावित पार्ने कठोर प्रतिबन्धहरू नलगाउन स्पष्ट सन्देश दिएको पनि उनले दाबी गरेका छन्।
उनले राज्य सरकारको उक्त निर्णय केन्द्रिय नेतृत्वलाई प्रभावित पार्ने हताश प्रयास ठहर गरेका छन्। उनले सरकारलाई जनताको लागि कठिनाई सिर्जना गर्ने नीतिहरूलाई औचित्य दिन प्रधानमन्त्रीको नाम प्रयोग नगर्न आग्रह पनि गरेका छन्। उनले सबै जिल्लाहरूमा पूर्ण रूपमा ‘अड-इभन’ नियम लागू गर्नु अतार्किक रहेको बताएका छन्।
अर्कातिर, सीएपीले ‘अड-इभन’ नियम पालन नगर्ने घोषणा पनि गर्दै यसका परिणामहरू भोग्न पनि तयार रहेको आज जारी प्रेस बयानमा बताएको छ। राज्य सरकारले जनतालाई दण्डित गर्नुको सट्टा आफ्नै अत्यधिक खर्च, नाचगान र प्रशासनिक बर्बादीलाई रोक्नमा ध्यान केन्द्रित गर्न सीएपीले सुझाउ दिएको छ। यसैगरी, पार्टीले ‘अड-इभन’ नियम तुरुन्तै फिर्ता लिन माग पनि गरेको छ।

You Might Also Like

मुख्यमन्त्री प्रेमसिंह तामाङले वरिष्ठ साहित्यकार सानु लामाको निधन गहिरो शोक प्रकट गरे

राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा

Central funds for flood-affected States: Sikkim allocated Rs. 23.60 cr

सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न

14औँ स्थापना दिवस कार्यक्रम भव्य, ऐतिहासिक तथा अभूतपूर्व रूपमा सफल: एसकेएम

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSikkimTourism

North Sikkim: Tourist vehicle plunges into Teesta River, two rescued, rest missing

Aaron Rai Aaron Rai May 30, 2025
राज्यपालले पेमायाङग्त्से गुम्पा र चेरेजी गुम्पामा पूजा गरे
Singling SC crowned Women’s League champions
Sikkim’s Khem Kumar Chettri Bags “Best Fish Farmer Award” at National Event in Tripura
नाम्ची बजारमा परेवाहरू मर्न थालेपछि विभाग सतर्क, जॉंच जारी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?