गान्तोक, 18 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले गुड फ्राइडेको शुभ अवसरमा सिक्किमको जनता, विशेषगरी क्रिश्चयन समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, गुड फ्राइडेले प्रभु येशू ख्रीष्टको सर्वोच्च र नि:स्वार्थ बलिदानको चिरस्थायी सम्झनाको गराउॅंछ। आजको संसारमा धर्म, जाति र सम्प्रदायका सबै बाधाहरूभन्दा पर करुणा, क्षमा र एकताको भन्दा ठूलो पाठ अरू केही छैन।
मुख्यमन्त्रीले यस पवित्र दिनमा गहिरो चिन्तन गरौं र यी स्थायी मूल्यहरूप्रति स्वयंलाई पुन: समर्पित गर्दै प्रेम, शान्ति र दयाका ती शुद्ध आदर्शहरूलाई अपनाउने प्रयास गरौं, जसका लागि मसीह उभिएका थिए भनी आह्वान गरेका छन्। गुड फ्राइडे र इस्टरको मौसमले सबैको निम्ति स्थायी शान्ति, समृद्धि र खुशी लिएर आओस् भनी मुख्यमन्त्रीले कामना पनि गरेका छन्।
Leave a comment


