गान्तोक, 23 जनवरी । राजधानीको रिज पार्कमा निर्माणाधीन एउटा भवनमा चोरी भएको घटना प्रकाशमा आएको छ। उक्त भवनबाट बाथरूममा प्रयोग गरिने वस्तुहरू चोरी गरिएको बताइएको छ। सदर पुलिसले अज्ञात व्यक्ति (हरू) विरुद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
पुलिस रिपोर्टका अनुसार, ताथाङ्चेन निवासी स्थानीय एक व्यक्तिले उनको निर्माणाधीन भवनमा चोरी भएको शिकायत दर्ता गराए। उनले गत 21 र 22 जनवरीका राति अज्ञात (हरू) रिज पार्कमा निर्माणाधीन उक्त भवनमा पसेर बाथरूममा प्रयोग गरिने वस्तुहरू चोरी गरेको बताए।
शिकायतको आधारमा पुलिसले अज्ञात (हरू) विरुद्ध बीएनएस, 2023 को धारा 305(ए)/331(4) अन्तर्गत मामिला दर्ता गरेर कारबाही शुरू गरेको छ।
Leave a comment


