By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    Sikkim Police Conducts Building Bonds Outreach Programme in Soreng District
    October 17, 2025
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    हिमपैह्रोमा जवान शहीद, मुख्यमन्त्रीले गरे समवेदना प्रकट
    April 4, 2026
    वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण
    April 4, 2026
    चिया कविताको कविता देउराली 2.0 मा डुकनाथ नेपालको विष कन्या लोकार्पित
    April 4, 2026
    एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत, दुई वार्डमा प्रतिस्पर्धाको सम्भावना
    April 1, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Journalism > वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण
JournalismLatest NewsSikkim

वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण

Aaron Rai
Last updated: April 4, 2026 6:47 am
Aaron Rai Published April 4, 2026
Share
SHARE

गान्तोक, 03 अप्रेल। प्रेस क्लब अफ सिक्किमले वरिष्ठ कवि, पत्रकार तथा भाषा अभियन्ता पदम छेत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। उनको बिहिबार दिउँसो करिब १२ बजी सिलगढ़ीको दुर्गागढीस्थित निवासमा निधन भएको हो। उनी पछिल्लो छ महिनादेखि पक्षघातको उपचार गराइरहेका थिए।प्रेस क्लबका अध्यक्ष भीम राउतले आज जारी शोक सन्देशमा भने, स्व. छेत्री पत्रकारिता तथा नेपाली साहित्य क्षेत्रमा सम्मानित व्यक्तित्व थिए, जसले भाषा र साहित्यिक अभिव्यक्तिप्रति गहिरो समर्पण देखाएका थिए। १७ मई, १९५१ मा मेघालयको तुरामि जन्मिएका छेत्रीले विशेष गरी १९९० को दशकमा सिलगढ़ीमा रहँदा लोकप्रिय नेपाली दैनिक ‘सुनचरी समाचार’ का कार्यकारी सम्पादकका रूपमा महत्वपूर्ण योगदान दिएका थिए। उनले गान्तोकमा ‘नयुमा टेलिभिजन’ का प्रधान सम्पादक तथा पछि हिन्दी दैनिक ‘नित्य समय’ का मुख्य सम्पादकका रूपमा पनि सेवा दिएका थिए।एक उत्कृष्ट कविका रूपमा उनले ‘तुराका नेपालीहरू’, ‘आदिम सडक’ र ‘उज्यालोको दमित आकांक्षा’ जस्ता कृतिहरू प्रकाशित गरेका छन्। उनका कविता र गद्य रचनाहरू विभिन्न पत्रपत्रिका तथा साहित्यिक मञ्चहरूमा प्रकाशित हुँदै आएका थिए, जसले उनलाई पाठक र साहित्यिक समुदायमा विशेष पहिचान दिलाएको थियो।सिक्किम प्रेस क्लबले पत्रकारिता तथा साहित्यमा उनले पुर्याएको अमूल्य योगदानको कदर गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। उनको निधन मिडिया जगत र नेपाली साहित्य क्षेत्रमा ठूलो क्षति भएको जनाएको छ।पारिवारिक स्रोतका अनुसार, स्व छेत्रीको दाह संस्कार शुक्रबार बिहान १०:०० देखि ११:०० बजीसम्म गरिनेछ।

You Might Also Like

सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा

सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा सीएपीको एक दिने धरना

गान्तोकमा जीवन थिङ जयन्ती पालन

पर्यटन मन्त्री भोटियाले लबिङमा नवाचार पहल ‘इकोस्कल्प्ट’ को उद्घाटन गरे

रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EducationInsiderLatest NewsLatest NewsNational

सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे

Aaron Rai Aaron Rai November 16, 2025
दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न
PCS announces Karma Pajlor as Khangchendzonga Kalam Puraskar awardee
जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने
CAP working towards “real change” in Sikkim: Ganesh Rai
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?