By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    दोस्रो आमा सम्मान दिवस समारोहको तयारीका लागि तेस्रो समन्वय सभा सम्पन्न
    August 5, 2026
    मुख्यमन्त्री तामाङ दशकौँपछि आफ्नै शिक्षालयमा फर्किए, दार्जिलिङ सरकारी महाविद्यालयको ७८औँ स्थापना दिवसमा सहभागी बने
    August 5, 2026
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > ‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने
Art & LiteratureEntertainmentInvestmentNational

‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने

Suk Raj Aaron Rai
Last updated: August 3, 2026 2:38 am
Suk Raj Aaron Rai Published August 3, 2026
Share
SHARE


गान्तोक, 02 अगस्त । सिक्किमका युवा कलाकारहरूले सामुहिक रूपमा एउटा गायन रियालिटी शो ‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ आयोजना गर्ने भएका छन्। यो प्रतियोगिता सिक्किमलगायत देशका अन्य राज्यहरूमा बसोबास गर्ने नेपाली भाषी समुदायका लागि पनि खुल्ला रहनेछ। प्रतियोगितामा भाग लिनका लागि अनलाइन साथै भौतिक रूपमा उपस्थित भएर अडिशन दिन सक्नेछन्।
उक्त जानकारी आयोजकका पक्षमा मेरो भोइस युनिभर्सका विजेता प्रितम राईले आज राजधानीको प्रेस क्लब अफ् सिक्किममा आयोजित एक पत्रकार सम्मेलनमा दिए। उनले सिक्किमका कलाकारहरूले एक टिम बनेर गायन प्रतियोगिता ‘सिक्किम सिङ्गिङ स्टार’ आयोजना गर्ने निर्णय लिएको बताए। उनले यस गायन प्रतियोगितामा कुनै प्रकारका प्रतिबन्धहरू नरहने र सिक्किमलगायत देशको कुनै पनि राज्यका इच्छुक नेपाली भाषीहरूले भाग लिन सक्ने जानकारी गराए।
गायक प्रितम राईले प्रतियोगिता आयोजन गर्नुको औचित्यमाथि प्रकाश पार्दै सिक्किममा पहिले पनि धेरै गायन प्रतियोगिताहरू आयोजना गरिएको र धेरै राम्रा कलाकारहरूलाई जन्माएको बताए। उनले यो प्रतियोगिता कसैको विरोध अथवा आह्रिसमा नभई नि:स्वार्थ भावका साथ नेपाली गीत-सङ्गीतको क्षेत्रलाई अगाडी बढाउने उद्देश्यले गरिरहेको स्पष्ट पारे। उनले आफुहरू पनि कलाकार भएको नातामा सिक्किमलाई सङ्गीतको क्षेत्रमा अगाडी बढाउने आफ्नो दायित्व निर्वाह गर्न चाहेको बताए।
उनले सिक्किमका वरिष्ठ कलाकारहरूले युवा पुस्तालाई डोऱ्याएर यहॉंसम्म ल्याए भने अब युवा पुस्ताले पनि भावी पुस्तालाई मार्गदर्शन गर्नुपर्ने दायित्व रहेको बताए। उनले वर्तमानमा युवाहरू केवल सरकारी नौकरीको प​छाडी परेका छन् भन्दै गीत-सङ्गीतको क्षेत्रमा पनि धेरै अवसर र सम्भावनाहरू छन् भन्ने बताउन यो प्रतियोगिता गरिरहेको बताए। उनले यो प्रतियोगितालाई छुट्टै प्रकारले आयोजना गर्ने ​सोच रहेको अवगत गराउॅंदै विजेताका लागि एउटा अन्तरराष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने योजना रहेको बताए।
यसैगरी, युवा गायक रिवास गुरुङले यस प्रतियोगितामा भाग लिनका लागि अनलाइन पञ्जीकरण शुरू भइसकेको बताए। उनले अनलाइन पञ्जीकरण आगामी 25 अगस्तसम्म जारी रहने बताए भने इच्छुक व्यक्तिहरूले भौतिक रूपमा उपस्थित भएर पनि अडिशन दिन सक्ने बताए। उनले नेपाली गीत सङ्गीतलाई माया गर्ने सबैलाई भाग लिन अपील गरे।
गायक राईले आगामी दिनहरूमा सिक्किमका छवटै जिल्ला लगायत दार्जिलिङ, कालेबुङ र सिलगढी पनि अडिशन राखिने जानकारी गराए। पत्रकार सम्मेलन कलाकार प्रकाश बस्नेत लगायत अन्यहरू पनि उपस्थित थिए।

साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा

सिङलिङ एससी बन्यो 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप विजेता

केन्द्रिय मन्त्री सिन्धियाले रिज पार्कस्थित अर्किडेरियमको भ्रमण गरे

कनेक्ट टु सीएम अन्तर्गत मुख्यमन्त्री जन संवाद कार्यक्रम सम्पन्न

MP Indra Hang urges Railway minister to expedite further processes related to Melli-Dentam railway project

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderInvestmentNationalOpinion

पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 7, 2026
सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन
मुख्यमन्त्रीले सिलगढ़ीमा म्याक्सवेल अस्पतालको उद्घाटन गरे
फिदाङमा पुलको क्षतिग्रस्त भाग पुनर्स्थापित
From Sikkim to Hong Kong: Tribeny Rai’s debut film selected for HKIFF Industry Project Market
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?