By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय बजेटमा समाजका हरेक वर्गलाई समेटिएको छ: मुर्लीधर मोहोल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > केन्द्रिय बजेटमा समाजका हरेक वर्गलाई समेटिएको छ: मुर्लीधर मोहोल
Sikkim

केन्द्रिय बजेटमा समाजका हरेक वर्गलाई समेटिएको छ: मुर्लीधर मोहोल

SA Desk
Last updated: March 1, 2025 2:38 pm
SA Desk Published March 1, 2025
Share
SHARE

गान्तोक, 01 मार्च। केन्द्रिय नागरिक उड्डयन तथा सहकारिता राज्यमन्त्री मुर्लीधर मोहोलले केन्द्रिय बजेट 2025-26 मा समाजका हरेक वर्गलाई समेटिएको र यसले समावेशी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। केन्द्रिय राज्यमन्त्री मोहोल आज राजधानी गान्तोकमा भाजपा सिक्किमको आर्थिक प्रकोष्ठद्वारा केन्द्रिय बजेट 2025-26 माथि आयोजित एक अन्तरक्रिया सत्रमा बोल्दै उक्त कुरा भनेका हुन्।
यस अन्तरक्रिया सत्रमा विभिन्न राजनीतिक दल, विभिन्न सङ्घ-संस्था र नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए। उनले 2047 सम्म विकसित भारतको संकल्पलाई पूरा गर्ने लक्ष्य लिएर केन्द्रिय बजेट 2025-26 पेश गरिएको जानकारी गराए। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले समाजको अन्तिम व्यक्तिलाई समेत विचार गरेर बजेट तयार गरेको उनले अवगत गराए।
केन्द्रिय राज्यमन्त्री मोहोलले विगत 10 वर्षको देशका 25 करोड़ जनसंख्या गरीबी रेखाभन्दा माथि आएको, भारत वैश्विक महाशक्ति बनेको र विश्वको पॉंचौं ठूलो अर्थतन्त्र बनेको जानकारी गराए। उनले देशका 50 करोड़ जनता आज मोदी सरकारको कुनै न कुनै योजनाको लाभार्थी रहेको दाबी गरे। उनले मेडिकल कलेज, एमबीबीएस सीट, सड़क निर्माण, रेलवे, हवाई अड्डा लगायत अन्य क्षेत्रहरूमा पनि 2014 भन्दाअघिको तुलनामा आज उल्लेखनीय काम भएको छ भने।
उनले पूर्वको सरकारले पूर्वोत्तर राज्यहरूलाई उपेक्षा गरेको थियो भन्दै 2014 पछि सिक्किम लगायत पूर्वोत्तर राज्यहरूमा विकास सुनिश्चित गर्ने कार्य गरिएको बताए। उनले मोदी सरकारमा नै सिक्किमलाई जैविक राज्यको मान्यता प्राप्त भएको र राज्यलाई हवाई मार्गसॅंग जोड्ने काम भएको बताए। अब सिक्किममा रेल सेवा पनि शुरू हुन लागिरहेको उनले बताए।
उनले पाकिम हवाई अड्डाको बारेमा बोल्दै यहॉंबाट देशका अन्य राज्यहरूमा निर्बाध हवाई सेवा सञ्चालन गर्न पहल गरिने आश्वासन दिए। उनले पूर्वोत्तर राज्यहरूलाई देशको विकास इन्जिन बनाउन मोदी सरकार प्रतिबद्ध रहेको बताएका छन्।

State must clarify its position on Companies Act 2013: Passang

सिक्किम सद्भाव, दिगोपना र अनुशासित जीवनको नमुना राज्य: उपराष्ट्रपति

एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने

राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न

मत्स्यपालन विभागले ‘नदीजन्य माछा पालन जागरूकता एवं माछा मार्ने प्रतियोगिता’ आयोजना गर्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsSports

पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप 2026 सम्पन्न

Aaron Rai Aaron Rai April 6, 2026
Sikkim: CM chairs high-level security review meeting
मुख्यमन्त्रीले पहाडी माता मन्दिरमा पूजा-अर्चना गरे
नगरपालिका चुनाउलाई लिएर राजनीतिक दलका प्रतिनिधिहरूसॅंग बैठक सम्पन्न
पाकिममा जिल्लास्तरीय राष्ट्रिय पञ्जायति राज दिवस पालन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?