गान्तोक, 21 फरवरी। सिङताम बजारबाट पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम महफूत आलम बताइएको छ। पेशाले पसले आलम सिङताम बजार निवासी हुन्।
पुलिस सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, सिङताम बजार निवासी मेहफूज आलमले आफ्नो दोकान परिसरमा प्रतिबन्धित नशालु पदार्थ बिक्रीको उद्देश्यले स्टक गरेको विश्वसनीय सूचना प्राप्त भयो। सूचना पाउने बित्तिकै पुलिस दल आरोपीकहॉं पुगेर कानुन बमोजिम कानूनी कारबाही शुरू गऱ्यो।
यस क्रममा पुलिसले 144 वटा पीवाईएक्सवीन स्पास क्याप्सुल, 169 वटा एसपीएम पीआरएक्स+ वकहार्ड क्याप्सुल, 65 वटा निलो क्याप्सुल, लगभग 80 हजार नगद र मोबाइल जफत गऱ्यो। आरोपी व्यक्तिले उक्त प्रतिबन्धित नशालु पदार्थ सम्बन्धित वैध लाइसेन्स, परमिट अथवा अनुमति पत्र प्रस्तुत गर्न नसकेको बताइएको छ।
सिङताम पुलिसले आरोपीलाई पक्राउ गरेर साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।
Leave a comment


