गान्तोक, 12 अप्रेल। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले हनुमान जयन्तीको शुभ अवसरमा आज राजधानीस्थित हनुमान टोकमा पूजा-अर्चना गरेर राज्यको समृद्धि र कल्याणको निम्ति प्रार्थना गरे।
यस अवसरमा राज्यपाल हनुमान टोकमा आयोजित धार्मिक अनुष्ठानमा सहभागी बने र भक्तिभावका साथ पूजा-अर्चना गरे। उनले भगवान हनुमानको चरणमा श्रद्धा अर्पित गर्दै सबैको खुशी, शान्ति र कल्याणको निम्ति प्रार्थना गरे।
हनुमान टोकमा विधिवत हवनको पनि आयोजन गरिएको थियो, जसमा राज्यपाल पनि सहभागी बने।
राज्यपालले आफ्नो सन्देशमा भने, ‘हनुमान जयन्ती केवल एक धार्मिक अवसर नभएर यसले हामीलाई भगवान हनुमानको चरित्रबाट प्रेरणा लिने अवसर पनि प्रदान गर्छ। उहॉंको भक्ति र नि:स्वार्थ सेवाको सन्देशले हामीलाई समाजप्रति आफ्नो कर्तव्यहरूलाई निर्वाह गर्न प्रेरणा प्रदान गर्छ।
सिक्किम सरकारको ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती पनि पूजामा सहभागी बनेका थिए। हनुमान जयन्तीको अवसरमा आज ठूलो संख्यामा श्रद्धालुहरू हनुमान टोकमा उपस्थित भएर पूजा-अर्चना गरेको राजभवनले विज्ञप्तिमा जानकारी गराएको छ।

Leave a comment