भारतीय जनता पार्टी, सिक्किमले सामसन तामाङ प्रकरणको जॉंच सिक्किम उच्च न्यायालयका आसीन न्यायाधीशको अध्यक्षतामा जॉंच आयोगद्वारा गरिनु पर्ने माग गरेको छ। प्रदेश भाजपा प्रवक्ता पासाङ शेर्पाले सामसन तामाङ प्रकरणको सम्बन्धमा कतिपय घटनाक्रमका कारण अब पुलिसमाथि विश्वास गर्न नसकिने आज पत्रकार सम्मेलनमा बताए। यस कारण सिक्किम उच्च न्यायालयका आसीन न्यायाधीशको अध्यक्षतामा जॉंच आयोग गठन गरेर यस प्रकरणको जॉंच गरिनु पर्ने उनले माग गरे।
सामसन तामाङलाई पक्राउ गरेर सिक्किम ल्याइएपछि रम्फूमा मिडियालाई दिएको बयानबारे बोल्दै उनले यसलाई सिक्किम पुलिसको लापरवाही ठहर गरे। उनले अब सामसन तामाङ प्रकरणलाई लिएर कसैले पनि टिप्पणीहरू नगरुन भनी सुनिश्चित गर्न सिक्किम सरकार र सिक्किमका राज्यपालको ध्यान आकर्षित गराए। यी कुराहरू बाहेक सिक्किममा ध्यान दिइनु पर्ने धेरै महत्वपूर्ण कुराहरू रहेको प्रवक्ता शेर्पाले बताए।

Leave a comment