By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले
Latest NewsSikkim

पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले

SA Desk
Last updated: February 26, 2025 4:57 pm
SA Desk Published February 26, 2025
Share
SHARE

अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घले आज आफ्नो 30औं स्थापना दिवस भव्यरूपमा पालन गऱ्यो। गेजिङ जिल्ला अन्तर्गत क्योङ्सा खेल मैदानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।

मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी कृष्ण राई, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकहरू, लोकसभा सांसद, वरिष्ठ अधिकारीहरू, विभिन्न जात गोष्ठीका प्रतिनिधिहरू लगायत सिक्किमभरिबाट आएका खस समुदायका सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो।

मुख्यमन्त्री तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेको आरोप लगाए। उनले एसकेएम पार्टीको सरकार गठन भएयता सिक्किममा खस समुदायका साथै सबै जातिहरू एक हुने प्रकिया शुरू भएको दाबी गरेका छन्।

उनले प्रत्येक सिक्किमेली जनताले स्वतन्त्र रूपले बाँच्न पाउनुपर्छ भन्दै सिक्कमेली समुदायको मेरुदण्ड खस समुदायले आफ्नो स्थापना दिवस 30 वर्षपछि स्वतन्त्र रूपले पालन गर्नु पाएको बताए। उनले खस समुदायको एकतालाई तोडेर टुक्राउन चाहने शक्तिहरू छन् भन्दै खस समुदाय कसैगरी टुक्रिनु हुँदैन भनी आह्वान गरे।

वर्तमान सरकारले खस समुदायलाई विशेष महत्व दिएको उल्लेख गर्दै मुख्यमन्त्रीले 25 वर्षसम्म खस समुदायले माथि उठ्ने मौका नपाएको बताए। यसै क्रममा मुख्यमन्त्रीले खस समुदायलाई मान सम्मान प्रदान गर्दै प्रत्येक वर्ष 26 फरवरीलाई सरकारी विदा दिइने घोषणा गरे।

अर्कोतिर, मुख्यमन्त्री तामाङले सामसन तामाङ प्रकरण र सिक्किम-दार्जिलिङ एकीकरणको हल्ला विपक्षीहरूको उपज रहेको बताएका छन्। उनले यसलाई सिक्किमे समाज एकजुट बनेको र 12 जात गोष्ठीले जनजातिको मान्यता पाएको देख्न नचाहनेहरूको ठूलो षड़यन्त्र ठहर गरेका छन्।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्रीले कसैको नाम नलिई विपक्षीहरू छुटेका 12 जातिले जनजातिको मान्यता पाएको हेर्न चाहॅंदैनन्, किनकि जनजातिको मान्यता पायो भने उनीहरूको राजनीति पनि समाप्त भएर जानेछ भने।

उनले गत 10 फरवरीका दिन दिल्लीमा आयोजित बैठकलाई लिएर विपक्षीहरूले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाए। मुख्यमन्त्रीले कुनै पनि स्थितिमा सिक्किम र दार्जिलिङको विलय हुॅंदैन भन्दै सिक्किमलाई भारतीय संविधानको धारा 371एफ ले सुरक्षित गरेको बताए। उनले 10 फरवरीमा दिल्लीमा बैठक सफलतापूर्वक सम्पन्न भएपछि विपक्षीहरूको मुद्दा पनि समाप्त भएको बताए।

अर्कोतिर, सिक्किमका खस समुदाय एकजुट बनेर सङ्घको स्थापना दिवस मनाउने कुरा गरेपछि फेरि षडयन्त्रकारीहरू आतिएको मुख्यमन्त्रीले बताए। यसपछि, विपक्षीहरूले खस समुदायको स्थापना दिवसलाई फ्लप बनाउने सामसन तामाङको भिडियो भाइरल गरेको आरोप लगाए, जसमा खस समुदाय विरुद्ध आपत्तिजनक टिप्पणी गरिएको थियो।

मुख्यमन्त्रीले सिक्किमको पुलिसको अथक प्रयासपछि सामसन तामाङलाई पक्राउ गरेर 21 फरवरीका दिन सिक्किम ल्याइएको र अहिले चलिरहेको सोधपुछमा आरोपी तामाङ धेरैको नाम खुलासा गरेको जानकारी गराए। उनले सामसन तामाङलाई थप पॉंच दिनको पुलिस रिमाण्डमा लिइने बताउॅंदै अब 21 फरवरीभन्दा ठूलो विस्फोट हुनेछ भनी बताए।

उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त

मुख्यमन्त्रीले नागरिक केन्द्रित शासन पहल ‘कनेक्ट टु सीएम’ शुभारम्भ गरे

सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न

Lok Sabha MP discuss key State priorities with Governor

Remodelled BL House Inaugurated by Chief Minister

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsPolitician

एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 7, 2026
Sikkim MP advocates for urgent resumption of flights at Pakyong Airport
Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26
‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने
भारतकी राष्ट्रपति मुर्मूले रिज पार्कमा अर्किडेरियमको भ्रमण गरिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?