गान्तोक, 02 मार्च। विधायक तथा विद्युत विभागका सल्लाहकार सन्जित खरेलले आज नामथाङ बजारको निरीक्षण गरे, जसको उद्देश्य बजारको सौन्दर्यीकरणको निम्ति सर्वेक्षण गर्नु थियो। विधायकको साथमा विद्युत विभागका डीई, ग्रामीण विकास विभागका जेई, जिल्ला पञ्चायत, पञ्चायत सभापति तथा क्षेत्रका जनता सामेल थिए।
सर्वेक्षणको क्रममा विधायक खरेलले नामथाङ बजार सामुदायिक गतिविधिको एक महत्वपूर्ण केन्द्र रहेको बताउॅंदै बजारको सौन्दर्यीकरणको महत्त्वमा जोड दिए। उनले सम्बन्धित विभागका अधिकारीहरूलाई सौन्दर्यीकरण परियोजनाको निम्ति विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देश दिए।
यस पहलले क्षेत्रको दृश्य आकर्षण बढाउनुका साथै नामथाङ बजारको समग्र विकासमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस प्रयासमा विधायकको आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार र सुविधाहरू सुधार गर्ने प्रतिबद्धता स्पष्ट देखिन्छ भनी बताइएको छ।
यस सौन्दर्यीकरण परियोजनाले स्थानीय समुदायलाई धेरै फाइदाहरू पुर्याउने अपेक्षा गरिएको छ, जसमा उन्नत सुविधाहरू, सुदृढ़ सुरक्षा, र स्थानीय व्यवसायहरूलाई बढावा दिने समावेश छ। डीपीआर तयारीको शुरुवातसॅंगै यस भिजनलाई साकार रूप प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चालिएको बताइएको छ।

Leave a comment