By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन
Uncategorized

राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन

SA Desk
Last updated: March 9, 2025 9:25 pm
SA Desk Published March 8, 2025
Share
SHARE

गान्तोक, 08 मार्च। रानीपुल नजिक सरम्सा उद्यानमा आज राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन गरियो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको आयोजना राज्य योजना तथा विकास विभाग अन्तर्गत सिक्किम इन्स्पायरको तत्वावधानमा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यपाल माथुरले जहाँ नारीहरूको पूजा हुन्छ त्यहाँ देवताहरूको वास हुन्छ भन्दै अन्तरराष्ट्रिय महिला दिवसले हामीलाई महिलाहरूको सम्मान गर्ने अवसर प्राप्त हुने बताए। उनले नारी धैर्य, तपस्या, शिक्षा तथा समर्पणको प्रतिमुर्ति रहेको बताए।
राज्यपालले स्वाधीनता आन्दोलनमा महिलाहरूको भुमिकाको उल्लेख गर्दै भारतीय नारीहरूले गरेका अनेकौं उल्लेखनीय उपलब्धिहरूमाथि प्रकाश पारे। उनले देशमा महिलाहरूको भुमिका तीव्र गतिमा अघि बढेको जनाउँदै खेल लगायत विविध क्षेत्रमा नारीहरूले उल्लेखनीय उपलब्धि हासिल गरेर देश तथा राज्यको नाम रोशन गरिरहेको बताए।
दोस्रो चरणको कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्रीले प्रेमसिंह तामाङले सिक्किम सरकार महिलाहरूको हितमा कुनै पनि काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। उनले राज्य सरकार महिलाहरूको हितमा कुनै पनि काम गर्न तयार रहेको, तर महिलाहरूले पनि आफ्नो सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए।
उनले नारी र आमाहरूलाई उच्च प्राथमिकतामा राखेर एसकेएम सरकारले धेरै योजनाहरू शुरू गरेको बताए। सरकारले प्रत्येक वर्ष महिलाहरूलाई 40 हजार रूपियॉं प्रदान गरिरहेको, वर्षमा चारवटा ग्यास सिलिन्डर नि:शुल्क प्रदान गरिरहेको र 10 करोड रूपियॉंसम्मको टेन्डरमा टीडीआर काट्नु नपर्ने व्यवस्था गरेको उनले जानकारी गराए।
यस अतिरिक्त, विधवा महिलाहरूलाई प्रदान गरिने भत्ताको निम्ति योग्य उमेर घटाएर 21 वर्ष बनाएको पनि उनले बताए। यसै क्रममा उनले आगामी दिनमा कार्यक्रम आयोजना गरेर सिङ्गल मदरहरूलाई सरकारको तर्फबाट सहयोग प्रदान गर्ने जानकारी गराए। यस अतिरिक्त, पञ्चायत, शहरी निकाय र रोजगारमा पनि महिलाहरूलाई आरक्षण प्रदान गरिएको उनले बताए।
मुख्यमन्त्रीले महिलाहरूलाई उपलब्ध गराइएका यी सुविधा र अवसरहरूबाट फाइदा उठाउन सक्नुपर्छ भन्दै महिलाहरूको सक्रिय सहभागिताको निम्ति आह्वान गरे। उनले महिलाहरूको एकताको वकालत गर्दै महिलाहरू एक बनेको खण्डमा जुनै पनि काम गर्न सक्ने सुझाउ दिए।
कार्यक्रममा विभिन्न नारी हस्ताक्षरहरूलाई अभिनन्दन जनाइयो, जसमा पहिलो महिला विधानसभा अध्यक्षा कलावती सुब्बा, पहिलो क्याबिनेट मन्त्री रिञ्जिङ ओङ्मु भोटिया र प्रथम महिला मुख्य सचिव रिन्छेन ओङ्मु रहेका छन्। यसैगरी, समाज कल्याण विभागद्वारा विभिन्न महिलाहरूलाई पनि सम्मान जनाइएको थियो।
कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, समारोह आयोजक समितिकी अध्यक्षा राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ लगायत छवटै जिल्लाबाट आएका नारी प्रतिनिधिहरू र अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

You Might Also Like

प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर समीक्षा सभा सम्पन्न

‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने

मुख्यमन्त्रीले असमका राज्यपालसॅंग गरे शिष्टाचार भेट

नेसापले नेपाली भाषा मान्यताको इतिहासलाई डिजिटल फर्मेटमा अभिलेखिकरण गर्ने

Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
PoliticsSA NepaliSikkim

सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार रहेको सीएपी अध्यक्षको भनाई

Aaron Rai Aaron Rai July 29, 2025
राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।
केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न
BAC initiates to revive large cardamom cultivation legacy in Dzongu
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?