By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानमा सिक्किमलाई आदर्श राज्यको रूपमा विकास गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानमा सिक्किमलाई आदर्श राज्यको रूपमा विकास गरिने
EconomyHealthInvestmentWorld

क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानमा सिक्किमलाई आदर्श राज्यको रूपमा विकास गरिने

Suk Raj Aaron Rai
Last updated: July 30, 2025 4:37 pm
Suk Raj Aaron Rai Published July 30, 2025
Share
SHARE

गान्तोक, 30 जुलाई। सिक्किममा क्यान्सरका घटनाहरू चिन्ताजनक दरमा बढिरहेका छन्। सिक्किम सरकार क्यान्सर विरुद्धको लडाईमा प्रत्येक नागरिकलाई सहयोग गर्न प्रतिबद्ध छ।
विगत केही महिनादेखि, मुख्यमन्त्री प्रेमसिंह तामाङको प्राथमिकता र निर्देशन अनुरुप, सिक्किममा क्यान्सर हेरचाहलाई जोड दिन विज्ञान तथा प्रविधि विभाग र स्वास्थ्य तथा परिवार कल्याण विभागले नजिकबाट सहकार्य गरिरहेका छन्।
यस क्रममा विगत एक दशकमा सिक्किमको क्यान्सर तथ्याङ्कको पूर्ण विश्लेषण गरियो, जसले राज्यमा विशिष्ट क्यान्सरको घटना, प्रकार, जातीयता र स्थानिय वितरणसँग सम्बन्धित विशिष्ट प्याटर्नको पत्ता लागेको छ। यो विश्लेषण भारत सरकारको स्वास्थ्य अनुसन्धान विभाग र जैव प्रविधि विभाग समक्ष प्रस्तुत गरियो, साथै सिक्किममा क्यान्सर हेरचाहको लागि राज्य-विशिष्ट हस्तक्षेपहरू लागू गर्न अनुरोध गरिएको राज्य विज्ञान एवं प्रविधि विभागले विज्ञप्तिमा बताएको छ।
यसपछि, राज्य सरकारको अनुरोधको आधारमा भारत सरकारको स्वास्थ्य अनुसन्धान विभागले 28 जुलाई, 2025 मा नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेशनल सेन्टरमा ‘सिक्किममा क्यान्सर रोकथाम र नियन्त्रणमा विशेषज्ञ परामर्श’ शीर्षकको एक विशेषज्ञ परामर्श आयोजना गरियो।
परामर्शको अध्यक्षता स्वास्थ्य अनुसन्धान विभागका सचिव तथा आईसीएमआरका महानिर्देशक डा. राजीव बहलले गरेका थिए। परामर्शमा आईसीएमआर, एआईआईएमएस, टाटा मेमोरियल अस्पताल, एनआईसीपीआर, एनसीडीआईआर र अन्य संस्थानका क्यान्सर विशेषज्ञहरू, भारत सरकारको जैव प्रविधि विभागका वरिष्ठ अधिकारीहरू, सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभाग र स्वास्थ्य तथा परिवार कल्याण विभागका अधिकारीहरू उपस्थित थिए।
यस कार्यक्रमको क्रममा सिक्किमलाई क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको लागि एक मोडेल राज्यको रूपमा विकास गर्ने सामूहिक निर्णय गरियो। राज्यमा उच्च प्रकोप भएका चार क्यान्सरहरू, पेट, अन्ननली, स्तन र पाठेघरको क्यान्सरलाई प्राथमिकता दिने पनि सहमति भयो। विस्तृत छलफलको आधारमा तीन प्राथमिकता क्षेत्रहरू पहिचान गरिएको छ, जसमा स्थानीयकृत क्यान्सर मार्गहरूमा नवीन अनुसन्धान, राज्यव्यापी क्यान्सर जागरूकता र व्यवहार परिवर्तन अभियान र जनसंख्या-आधारित जॉंच मार्फत प्रारम्भिक पहिचान सामेल छन्।
सार्वजनिक स्वास्थ्य नवाचार र सेवा वितरणमा सिक्किमको प्रभावशाली रेकर्डलाई मान्यता दिँदै क्यान्सर रोकथाम र पहिचानमा देशमा एक मोडेल राज्यको रूपमा विकास गर्न सिक्किम आदर्श रूपमा अवस्थित रहेको निर्णय गरिएको बताइएको छ। यो रणनीतिक योजना कार्यान्वयन गर्न एक महिनाभित्र एक व्यापक प्रस्ताव सह-विकास गर्न राष्ट्रिय र राज्य-स्तरीय विशेषज्ञहरू सम्मिलित तीन उपसमूहहरू गठन गरिँदैछ, जुन केन्द्र-राज्य साझेदारी मार्फत वित्त पोषित गरिनेछ। यो केवल एक स्वास्थ्य पहल होइन। यो जीवन बचाउने, लचिलो समुदाय निर्माण गर्ने र क्यान्सर विरुद्धको लडाईमा सिक्किमलाई आशाको किरण बनाउने प्रतिबद्धता रहेको राज्य विज्ञान एवं प्रविधि विभागले विज्ञप्तिमा जनाएको छ।

CM joins 50th Raising Day Celebration of Sikkim Armed Police at Pangthang

SA Editorial | DON’T LET LANDSLIDES DERAIL SIKKIM’S TOURISM Weather Will Disrupt. Misinformation Shouldn’t.

पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न

सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

खाद्यान्न, खानेपानी, जीवनरक्षक औषधि, आश्रय सामग्रीले भरिएका तीनवटा ठूला लिएर एसकेएम टोली नेपाल प्रस्थान

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureOpinionSikkim

सिक्किम अकादेमीद्वारा ‘पाण्डुलिपि पुरस्कार २०२६-२७’ घोषणा, अक्टोबर ३० सम्म आवेदन दिन सकिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 17, 2026
‘शेप अफ मोमो’ ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्ने
जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
सिक्किमकी प्रख्यात पर्वतारोही मणिता प्रधान प्रथम केदार-थलरुपा स्मृति पुरस्कारबाट सम्मानित
ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको ३५औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?