By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना गरिने
BrandingEconomySA Nepali

तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना गरिने

Aaron Rai
Last updated: April 15, 2025 7:28 am
Aaron Rai Published April 7, 2025
Share
SHARE

गान्तोक, 07 मार्च। याङगाङ टुरिज्म डेभलपमेन्ट कमिटी (वाईटीडीसी) को तत्वावधानमा आगामी 12 देखि 14 अप्रेल तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना हुने भएको छ। राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा समारोह आयोजक समितिकी मुख्य संरक्षक तथा सिक्किम विधानसभाकी उपाध्याक्ष राजकुमारी थापाले उक्त जानकारी दिएकी हुन्।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशन र सहयोगमा राज्य स्थापनाको 50औं वर्षगाँठको अवसरमा याङगाङको हेलिप्याड परिसरमा उक्त कार्यक्रम आयोजना गरिने जानकारी गराइन्। कार्यक्रम राज्य पर्यटन तथा नागरिक उड्ड्यन विभागको समन्वयमा गरिने छ।
क्षेत्र विधायक थापाले मुख्यमन्त्रीको सुनौलो, समृद्ध र समर्थ सिक्किमको परिकल्पनालाई साकार पार्ने जिम्मेवारी हामी सबैको रहेको बताउँदै यो कार्यक्रमलाई वार्षिक रूपमा आयोजना गरिने पनि जानकारी गराइन्। उनले कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य स्थानीय अवसरहरूलाई प्रवर्धन गर्नु र पर्यटनलाई विकास गरेर लैजान रहेको बताइन्।
उनले यस तीन दिवसीय समारोहमा इरान, भुटान र नेपाल लगायत भारतका 17 वटा राज्यका गरी कुल 176 जना प्रतिनिधिहरू उपस्थित रहने थप जानकारी गराइन्। विविध साहसिक कार्यक्रमहरू जस्तै रक क्लाइम्बिङ, साइक्लिङ र प्याराग्लाइडिङ लगायत प्यानल डिस्कसन कार्यक्रमको प्रमुख आकर्षण रहने उनले अवगत गराइन्।
कार्यक्रमको उद्घाटन मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थितिमा गरिने उनले जानकारी गराइन्। उनले पर्यटन व्यावसायलाई अवलम्बन गरी आत्मनिर्भर बन्न सहयोग पुऱ्याउन पनि सरकारको समन्वयमा यो कार्यक्रम आयोजना भइरहेको उनले जनाइन्। शिक्षित युवाहरूको निम्ति यो कार्यक्रम लाभदायी बन्ने विश्वास व्यक्त गर्दै उनले सहभागीहरूलाई क्षेत्रका विविध पर्यटकीय स्थलहरूको भ्रमण पनि गराइने बताइन्। उनले सबैलाई यस कार्यक्रममा सहभागी भइदिन आह्वान पनि गरेकी छन्।

You Might Also Like

सिक्किम च्याम्बर अफ कमर्सले जनायो केन्द्रिय बजेटलाई स्वागत

प्रविधि र सुविधाको उपयोग गरेर राज्यलाई समृद्धितर्फ डोहोर्‍याउने जिम्मेवारी अभियन्ताहरूकै कॉंधमा: मुख्यमन्त्री

हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो

विधानसभा उपाध्यक्षले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र कडा परिश्रम गर्न प्रोत्साहित गरिन्

सांसद सुब्बाले कैलाश मानसरोवर यात्रा पुनः शुरु भइरहेकोमा खुशी व्यक्त गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNeighbourhood WatchSA Nepali

सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार

Aaron Rai Aaron Rai September 16, 2025
July 29, 2025
मुख्यमन्त्रीले ओम बिरलासॅंग गरे शिष्टाचार भेट
CM attends Constituency Level Celebration of Gyalbu Losar 2025
Namprikdang Namsoong Festival 2024-25 begins
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?