By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले अग्निवीर भेटरन्सका लागि सिक्किम पुलिसको कन्स्टेबल पदमा 20 प्रतिशत आरक्षण प्रदान गर्ने घोषणा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > मुख्यमन्त्रीले अग्निवीर भेटरन्सका लागि सिक्किम पुलिसको कन्स्टेबल पदमा 20 प्रतिशत आरक्षण प्रदान गर्ने घोषणा गरे
Uncategorized

मुख्यमन्त्रीले अग्निवीर भेटरन्सका लागि सिक्किम पुलिसको कन्स्टेबल पदमा 20 प्रतिशत आरक्षण प्रदान गर्ने घोषणा गरे

Suk Raj Aaron Rai
Last updated: April 24, 2025 3:53 pm
Suk Raj Aaron Rai Published April 24, 2025
Share
SHARE


गान्तोक, 24 अप्रेल। छ दिवसीय मिलिट्री-सिविल फ्युजन कन्वर्जेन्स क्याप्सुल 2025 को समापन भएको छ। राजधानीको चिन्तन भवनमा आज आयोजित समापन समारोहमा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। कार्यक्रममा मन्त्री जीटी ढुङ्गेल, मन्त्री एनबी दाहाल, भारतीय सेना र सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सम्बोधनमा पहलगाममा भएको आतङ्कवादी हमलाको कडा निन्दा गरे तथा सिक्किमका जनता र सरकारको तर्फबाट शहीद परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरे। उनले सिक्किम जस्तो संवेदनशील सीमावर्ती राज्यमा मिलिट्री-सिविल फ्युजन क्याप्सुलले राष्ट्रिय सुरक्षा र सामाजिक-आर्थिक विकासमा महत्त्वपूर्ण भूमिकालाई प्रतिबिम्बित गर्न एक बहुमूल्य मञ्च प्रदान गरेको बताए। उनले प्राकृतिक प्रकोपको समयमा होस् वा शान्ति कायम राख्न भारतीय सेनाको निरन्तर सहयोगलाई स्वीकार गर्दै उनीहरूको अटल सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरे।
मुख्यमन्त्रीले भारतीय सेना र राज्य सरकारबीचको समन्वयले सडक, सञ्चार सञ्जाल र आवश्यक पूर्वाधारको विकासमा सहजीकरण गरेको बताउॅंदै यसले नागरिक र सशस्त्र बल दुवैलाई फाइदा पुर्‍याएको बताए। उनले सडक र डिजिटल कनेक्टिभिटी जस्ता भविष्यका पूर्वाधार परियोजनाहरू सीमा सडक संगठन जस्ता संस्थाहरूसँग नजिकको समन्वयमा अगाडि बढ्ने कुरामा जोड दिए।
मुख्यमन्त्रीले सिक्किमका पूर्व सैनिकहरूले आफ्नो अनुशासन, सीप र अनुभवका साथ राज्यको विकासको लागि महत्वपूर्ण मानव संसाधनको प्रतिनिधित्व गर्दछ भन्दै पर्यटन, आपदा प्रबन्धन, कृषि विस्तार र प्रशिक्षण जस्ता क्षेत्रहरूमा पूर्व सैनिकहरूलाई एकीकृत गर्न नयाँ पहलहरू शुरु गरिएको बताए। उनले पूर्व सैनिकहरूको उद्यमशीलता र प्रशासनिक योगदानलाई समर्थन गर्न पूर्व सैनिक सहकारी र सीप केन्द्रहरूको स्थापना पनि भइरहेको बताए।
मुख्यमन्त्रीले अग्निवीर भेटरन्सका लागि सिक्किम पुलिसको कन्स्टेबल पदमा 20 प्रतिशत आरक्षण प्रदान गर्ने प्रगतिशील नीति घोषणा गरे। यसका साथै, सशस्त्र बलमा कम्तिमा छ महिना सेवा गरेका पूर्व सैनिकहरूका लागि 40 वर्षको मानक माथिल्लो उमेर सीमामा 10 वर्षको छुट दिइने व्यवस्था गरिएको बताए, जसले गर्दा उनीहरू 50 वर्षको उमेरसम्म यी पदहरूमा आवेदन दिन सक्षम हुनेछन्। यस अतिरिक्त, सेवापछिको जीविकोपार्जनलाई थप सहयोग गर्न राज्यले पूर्व सैनिकहरूका लागि दोकान आवण्टन पनि शुरु गर्ने उनले घोषणा गरे।

3rd State Ranking Junior U-19 & 1st Majhitar Open Badminton Championship 2025 concludes

‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल

बौद्धिक सम्पत्ति अधिकारमाथि जागरूकता कार्यशाला आयोजित

State-Level Namprikdang Namsoong Festival 2024-25 concludes

भाजपा सिक्किमले अन्तरराष्ट्रिय महिला दिवस उत्साहको साथमा मनायो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Large cardamom cultivation revival and GLOF mitigation to be taken on mission mode

IPR Report IPR Report October 24, 2024
Temi Tea second flush launched
भाजपा सिक्किमले पिउने पानीको संकटलाई समाधान गर्न मुख्यमन्त्रीलाई व्यक्तिगत हस्तक्षेपको अनुरोध गऱ्यो
स्वास्थ्य मन्त्री ढुङ्गेलले एसटीएनएम अस्पतालमा वाटर एटीएम उद्घाटन गरे
ताराम चु पुल नजिक पैह्रोले आवागमन अवरुद्ध, सोमवार बिहानदेखि लाचेनमा फसेका पर्यटकहरूको निकासी शुरू गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?