गान्तोक, 03 मई। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज नथुला पासको भ्रमण गरेर भारतीय सेनाका जवानहरूसॅंग संवाद गरे। उनले सैनिकहरूको राष्ट्रपतिको समर्पण, साहस र निष्ठाको सराहना गरे।
यस अवसरमा 17औं माउण्टेन डिभिजनका जनरल अफिसर कमाण्डिङ मेजर जनरल एमएस राठौड पनि उपस्थित थिए। उनले राज्यपाललाई नथुलाको गौरवशाली इतिहासमाथि विस्तृत जानकारी दिए।
यसपछि, राज्यपालले बाबा हरभजन सिंह मन्दिरमा दर्शन गरे र देशवासीहरूको सुख-समृद्धिको कामना गरे। यस अतिरिक्त, राज्यपालले भाइब्रेन्ट भिलेज कुपुप गाउॅंको भ्रमण गरेर स्थानीय मानिसहरूसॅंग संवाद गरे।
यस अन्तरक्रियाको क्रममा ग्राम पञ्चायत प्रतिनिधिहरू र जनसाधारणले क्षेत्रीय मुद्दाहरू उठाए, जसमा बुनियादी सुविधा र रोजगार सृजनका विषयहरू प्रमुख थिए। राज्यपालले सबै समस्याहरू गम्भीरतापूर्वक सुने र धेरै विषयहरूको समाधानको निम्ति आश्वासन दिए।
उनले ग्रामीणहरूलाई विकसित सिक्किम, विकसित भारतको संकल्पलाई साकार पार्न राज्य सरकार र भारतीय सेनासॅंग मिलेर कार्य गर्न आह्वान पनि गरे। यात्राको क्रममा राज्यपालले विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित गल्फ कोर्स र याक गल्फ कोर्सको पनि भ्रमण गरे र सेनाका जवानहरूसॅंग अन्तरक्रिया गरे।
राज्यपालको यस यात्रामा प्रतिष्ठित हस्तीहरू पनि उपस्थित थिए, जसमा सुप्रसिद्ध अभिनेता शैलेश लोढा, उद्योगपति मोतीलाल ओसवाल र प्रदीप राठौड सामेल थिए। यी विशिष्टजनले पनि सैनिक र स्थानीय मानिसहरूसॅंग संवाद गरेको जानकारी राजभवनले प्रेस विज्ञप्तिमा जनाएको छ।

Leave a comment