गान्तोक, 11 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज भारतीय जनता पार्टीका नेता तथा पूर्व अल्पसंख्यक मामिला राज्यमन्त्री जोहन बारलाकी धर्मपत्नीको निधनमा शोक प्रकट गर्न उनको घर पुगे। जलपाइगढी जिल्ला अन्तर्गत लखीपाडा चियाबारी निवासी पूर्व केन्द्रिय राज्यमन्त्री बारलाकी धर्मपत्नी महिमा बारलाको आकस्मिक निधनप्रति मुख्यमन्त्रीले शोक समवेदना प्रकट गर्दै उनको फोटोमा माल्यार्पण गरे।
मुख्यमन्त्रीले यस दुःखद घटनाप्रति शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारलाई यसबेला ईश्वरले सहने शक्ति प्रदान गरुन् भन्दै प्रार्थना गरे। यस अवसरमा दार्जिलिङ जिल्लाका लोकसभा सांसद राजु विष्ट, अलिपुरद्वार जिल्लाका सांसद मनोज टिग्गा, विधायकगण लगायत अन्यहरू पनि शोक प्रकट गर्न पुगेका थिए।

Leave a comment